सहिद दिवसमा फूलबारी क्लबको रक्तदान

आदर्श समाज सम्वाददाता
माघ १७, २०७९
fulbari club

पोखरा । सहिद दिवस अवसरमा पूmलबारी क्लब, पोखराले खुला रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ७१ जनाले रक्तदान गरेका थिए ।

पोखरा वडा ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले पहिलो रक्तदाता भरतराज बास्तोलालाई ब्लडव्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए ।

रक्तदातालाई मायाको चिनो स्वरुप फूलबारी क्लबको लोगो अंकित टिसर्ट प्रदान गरिएको कार्यक्रम संयोजक क्लब उपाध्यक्ष मनोज बास्तोलाले बताए । क्लब अध्यक्ष हरिश्चन्द्र बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव जनार्दन बास्तोलाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width