लेखनाथ पराजुलीको स्मृति ग्रन्थ प्रकाशित

आदर्श समाज सम्वाददाता
माघ १७, २०७९
Lekhnath parajuli (1)

पोखरा । ज्योतिष पण्डित लेखनाथ पराजुलीको स्मृति ग्रन्थ लोकार्पण गरिएको छ । उनका सुपुत्र डा. कृष्णगोपाल, ध्रुवगोपाल र विश्वगोपाल पराजुलीले पितामाताको स्मरणमा ज्योपं. लेखनाथ/ लोकमाया पराजुली स्मृतिग्रन्थ प्रकाशित गरेका हुन् । पण्डित पराजुलीले आफैंले स्थापना गरेको कास्कीको सल्यानस्थित प्रगतिशील मावि (साविक भाषा पाठशाला) मा स्मृतिग्रन्थ लोकार्पण गरिएको हो । स्मृतिग्रन्थमा ४ अध्याय छन् ।

विद्यालयको ५८ औं वार्षिकोत्सव अवसरमा अन्नपूर्ण गाउँपालिका प्रमुख विष्णुबहादुर केसीले स्मृतिग्रन्थ लोकार्पण गरे । सो अवसरमा पराजुली पुत्रत्रयले लेखनाथ/लोकमाया स्मृति अक्षयकोषका लागि विद्यालय व्यवस्थापन समिति अध्यक्ष भरतबहादुर केसी र प्राचार्य नवराज पौडेललाई ३ लाख ३ रुपैंयाको चेक हस्तान्तरण गरे ।

विश्वगोपालका अनुसार अक्षयकोषको रकमबाट प्राप्त हुने ब्याजले कक्षा ५ सम्म गरिब तथा जेहेनदार विद्यार्थी, कक्षा ६–१० सम्म सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थी र एसइईमा उत्कृष्ट नतिजा ल्याउने विषयगत शिक्षकलाई पुरस्कृत गरिनेछ । गाउँपालिका प्रमुख केसीले सल्यानमा शिक्षाको पहिलो ज्योति बाल्ने गुरुको स्मरण सल्यानवासीले सधैं गरिरहेको बताए ।

राणाशासन अन्त्यपछि प्रजातन्त्रको स्थापनासँगै यस भेगमा शिक्षाको ज्योति फैलाउन अगुवाई पोखराको मिरुवाका पं. लेखनाथ पराजुलीले जीवनको छोटो समयमा शिक्षा, साहित्य र ज्योतिष विधामा स्मरणीय योगदान गरेका छन् । उनी साहित्यमा रुची, कविता र गीतमार्फत नै स्वास्थ्य शिक्षा पनि फैलाउने, जडिबुटी र औषधिका फर्मुला कवितामै तयार गर्ने, गणितका कुरा, तथ्यांकका सूत्रहरु आफैं निर्माण गर्ने, सबैलाई कण्ठस्थ बनाउन रामायण शैलीमा रचना गर्ने, फुकफाकदेखि कुन रोगमा कुन जडीबुटी प्रयोग गर्ने सबै ज्ञान भएका व्यक्ति थिए । उनले हातबाट चिना टिपन बनाउन टाढाका मानिसहरु घरमा आउँथे । विशेषतः शिक्षा क्षेत्रका दीपका रुपमा पण्डित पराजुलीलाई चिन्ने गरिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width