पोखरा । पोखराको गन्धर्व नाटकघरले ४ वर्षअघि पोखरा महानगरस्तरीय विद्यालय नाटक महोत्सव आयोजना ग¥यो । संयोजक थिए, नाटकघरका अध्यक्ष परिवर्तन । संयोजन नाटकघरले नै गरेको थियो । उनीहरुले त्यो समयमा १० वटा नाटक आउने अनुमान गरेका थिए तर नाटक ८ वटा आए । त्यो पनि आफूहरुकै जोडबलमा ।
विद्यालयमा गएर नाटक आफैंले तयार गरिदिने अनि नाटकघरमा मञ्चन गर्ने शर्तमा अधिकांश नाटक ल्याएको परिवर्तनले सम्झिए । ‘त्यो समयमा हामीले १० वटा नाटक आउने अपेक्षा गरेका थियौं तर नाटक आए ८ वटा,’ उनले भने, ‘त्यो पनि लौन नाटक महोत्सव हुँदै छ, हामी आएर सिकाउँछौं अनि महोत्सवमा ल्याइदिन प¥यो भने हामीले आग्रह गरेपछि आएका हुन् ।’ त्यो बेला डायमन्ड माविले मात्र आफैंले नाटक तयार गरे पनि अन्य विद्यालयमा आफ्नो टिम गएर सिकाएको उनले बताए ।
पहिलो प्रयासमै गाह्रो भएपछि परिवर्तन केही अप्ठेरोमा परे । तर, उनलाई थाहा थियो, अबको नाटकको आधार भनेकै विद्यालय हो । विद्यालयमा नाटकको बारेमा ज्ञान नदिए गाह्रो पर्छ भन्ने उनलाई राम्रोसँग थाहा थियो । उनीहरुलाई दोस्रो वर्ष महोत्सव गर्ने कि नगर्ने भन्ने दोधार थियो । त्यही समय कोरोनाले अस्तव्यस्त बनाएको थियो । त्यसले उनीहरुलाई अझ मर्कामा पा¥यो ।
कोरोनाकै समयमा परिवर्तनको भेट तत्कालीन गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङसँग भयो । त्यही मौकामा उनले नाटकको विषय झिके । उनको कुरामा अर्थमन्त्री गुरुङले सहमति जनाए । प्रदेशको सहयोगमा उक्त महोत्सव प्रदेशस्तरीय बनाउने सल्लाह भयो । तर कोरोनामा नाटकघरमै जमघट सम्भव थिएन अनि जुक्ति निस्कियो, भर्चुअल रुपमा सहभागिता जनाउने ।
प्रदेशस्तरको पहिलो विद्यालय नाटक महोत्सवको सोही अनुसार प्रचारप्रसार गरे । प्रदेशस्तरमा पुगेपछि नाटकको संख्या ह्वात्तै बढेको उनले बताए । त्यो वर्ष ४० वटा विद्यालयले सहभागिता जनाएका थिए । त्यो समय भर्चुअल सहभागिताले पनि संख्या बढायो । यसले उनीहरुमा हौसला बढ्यो ।
महोत्सवमा २० विद्यालयका नाटकसँगै अतिथि मञ्चनका रुपमा ‘धुमधामको घुमघाम’ पनि मञ्चन हुने
प्रदेशस्तरमा दोस्रो र समग्रमा तेस्रोको संस्करणको तयारी थालियो । सोही वर्ष गण्डकी प्रज्ञा प्रतिष्ठान गठन भयो । यसले उनीहरुलाई झनै सहज बनायो । दोस्रो संस्कण गर्ने समयमा प्रतिष्ठान टोलीसँग जोडियो । सो संस्करणमा २४ नाटक सहभागी भएर त्यसबाट १२ नाटक छनोट भए महोत्सवका लागि ।
विद्यालयहरुले पछिल्ला दिनहरुमा नाटकको महत्व बुझ्दै गएको नाटक छनोट समिति संयोजक प्रकाश घिमिरेले बताए । माघ १४ गतेदेखि गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, राइट फर चिल्ड्रेनको सहकार्यमा तेस्रो गण्डकी प्रदेश, विद्यालय स्तरीय नाटक महोत्सव सञ्चालन भइरहेको छ । अहिलेको नाटकमा २९ विद्यालयबाट स्क्रिप्ट प्राप्त भएको घिमिरेले जानकारी दिए । ‘पछिल्लो समयमा नाटकमा विद्यालयको निकै चासो बढेको छ । त्यसैले होला, यो पटक २९ विद्यालयले स्क्रिप्ट पठाएका थिए,’ उनले भने, ‘यो पटक १०÷१२ वटामात्र राख्ने कि भन्ने थियो तर सबै स्क्रिप्ट राम्रा भएकाले २० वटा छनोट गरेर मञ्चन भइरहेको छ ।’ यसरी नाटकको आधार विद्यालयस्तरमा महत्व बढ्दै गएकाले अबको केही वर्षमा गण्डकी प्रदेश नाट्य क्षेत्रमा अब्बल हुने उनको विश्वास छ ।
यो पटकको महोत्सवमा २० विद्यालयका नाटकसँगै अतिथि मञ्चनका रुपमा धुमधामको घुमघाम पनि मञ्चन हुने नाटकघरका अध्यक्ष परिवर्तनले जनाए । महोत्सवमा छानिएका २० नाटकलाई प्रोत्साहनस्वरुप प्रति विद्यालय १०÷१० हजार रुपैयाँ प्रदान गरिने उनले बताए ।
नाटकघरको आयोजनामा भएको प्रदेशस्तरीय नाटक महोत्सवले आफूहरुमा उत्साह थपेको आयोजना गरी नवलपुरको देवचुली १ को नेपाल नमूना माविका शिक्षक सुदीप भुषालले बताए । विद्यालयमा अभिनय समिति बनाएरै काम थाले पनि अवसर नपाइरहँदा यो आयोजनाले राम्रो अवसर प्रदान गरेको पनि उनको भनाइ थियो । सोही विद्यालयबाट नाटकमा सहभागी विद्यार्थी कलाकार सुवास्ना ढकालले विद्यालय बाहिर पनि नाटक प्रदर्शन गर्ने मौका पाएको बताइन् । ‘हामीले स्कुलका कार्यक्रममा नाटक प्रस्तुत गरिरहेका थियौं । स्कुलभन्दा बाहिर देखाउने मौका नै पाएका थिएनौं,’ उनले भनिन्, ‘यसले हामीलाई उत्साह बढाएको छ । आगामी दिनमा अझ राम्रो गर्न यसले सहयोग गर्छ ।’
सुस्ताएको नाटक विद्यालयको सहभागिताले उकासिने आशा जागेको पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए । जसले गर्दा नाटकघरमा नाटक हेर्ने दर्शकको सहभागिता पनि बढेको उनको भनाइ छ । दर्शकको चासो र सहभागिताले नाटक बनाउने र देखाउनेलाई राम्रो नाटक निर्माणको चुनौती थपेकाले जिम्मेवार बनाएको उनले बताए ।
Related News
सम्बन्धित समाचार
एन्फा कास्की अध्यक्ष उज्ज्वल रञ्जितलाई पितृशोक
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
अनलाइन पत्रकार संघ गण्डकीमा गणेश बराल
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
माइनस डिग्रीमा माछा उत्पादन
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९