पोखरामा वडास्तरीय भलिबल सुरु

आदर्श समाज सम्वाददाता
माघ १६, २०७९
pokhara volleyball comp 2

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समिति आयोजनामा सोमबारदेखि अन्तरवडा पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा सुरु प्रतियोगिताको महानगर प्रमुख धनराज आचार्यले गरे । उनले खेलाडीहरूको क्षमता अभिवृद्धिसहित थप अवसर सिर्जना गर्न बेलाबखत प्रतियोगिता भइरहनुपर्ने बताए । खेलकुदले अनुशासित नागरिक उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास प्रमुख आचार्यले व्यक्त गरे ।

सोमबार पुरुषतर्फका ८ खेल भए । जसमा पोखरा–२३ ले पोखरा–१५, पोखरा–२४ ले पोखरा–१४, पोखरा–१६ ले पोखरा–७, पोखरा–१८ ले पोखरा–३१ लाई सोझो सेटमा, पोखरा–२० ले पोखरा–१९ लाई, पोखरा–२१ ले पोखरा–३३ लाई, पोखरा–३२ ले पोखरा–२२ लाई, पोखरा–२५ ले पोखरा–२८ लाई २–१ को सेटमा पराजित गरे । खेल जितेको पोखरा–२५ को टिमलाई प्रोटेस्ट परेपछि पोखरा–२८ स्वतः क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको पुरुष र महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः ६० हजार, ५० हजार, ४० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउने छन् । पुरुषतर्फ १६ र महिलातर्फ ३ टिमको सहभागिता छ । फाइनल बुधबार दिउँसो हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width