विशालले उचाले व्यास अल्ट्रा म्याराथनको उपाधि

आदर्श समाज सम्वाददाता
माघ १६, २०७९
ultra marathan

दमाैली । व्यास नपा वडा नं ७ का विशाल गुरुङ्गले व्यास अल्ट्रा म्याराथनको उपाधि जित्न सफल भएका छन् । शहीद दिवसको अवसरको व्यास नगरपालिकाले आयोजना गरेको व्यास अल्टा म्याराथनको उपाधि भारतीय सेनामा कार्यरत  २६ बर्षीय गुरुङ्गले ३ घण्टा २८ मिनेट २६ सेकेण्डामा पार गर्दै प्रथम हुन सफल भएका हुन् । व्यास–५ को मानहुँदेखि व्यास–८ को  पुलिमराङ्गसम्मको ४४ किलोमिटरको म्याराथनमा उनले ५७ जना धावकलाई पछि पार्दै उक्त उपाधि चुम्न सफल भएका हुन् ।

त्यसैगरी व्यास–६ का साहस पन्थ द्वितीय भएका छन् । उनले ३ घण्टा ३६ मिनेट ३८ सेकेण्डामा दुरी पार गर्दै द्वितीय स्थान हासिल गर्न सफल भएका हुन् ।
त्यसैगरी आँबुखैरेनीगापा बडा नं १ का सनम गुरुङ्ग तृतीय भएका छन् । उनले ३ घण्टा ३८ मिनेट ३१ सेकेण्डम दुरी पार गरेका थिए ।

‘विविधतायुक्त गाउँशहर,समृद्ध मेरो व्यास नगर’ भन्ने मुल नारासहित  प्रर्यटन प्रबद्र्धन गर्ने उद्वेश्यले व्यास नगरपालिकाले  व्यास नगर अल्टा म्याराथनको आयोजना गरेको हो ।

प्रतियोगितामा प्रथम पुरस्कार रु ६१ हजार द्वितीय रु ५१ हजार तृतीय रु ३८ हजार र सान्तवना तीन जनालाई जनही रु बाह्र हजार पाँच सयका दरले प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए ।
नगरपालिकाले खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पाँच बर्षदेखि शुरुवात गरेको म्याराथनलाई यसबर्ष पनि निरन्तरता दिदै आएको व्यास नगर प्रमुख बैकुण्ठनाथ न्यौपानेले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथी तनहुँ क्षेत्र नं १ का प्रतिनिधी सभासदस्य रामचन्द्र पौडेलले बिजयी धावकहरुलाई पुरस्कार तथा प्रमाणपत्रले सम्मान गरेका थिए । कार्यक्रममा पूर्व मन्त्री डाेबाटे बि क, तनहुँ क्षेत्र नं १ का प्रदेश सभासदस्य अशाेक श्रेष्ठ, जिल्ला समनय समितिका प्रमुख शान्ति रमण वाग्ले ,  नगरप्रमुख बैकुण्ठ न्यौपाने विभिन्न वडाका प्रतिनिधि  लगायतका व्यक्तिहरुको उपस्थित थियो

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width