आयोगले तोक्यो राष्ट्रपति निर्वाचन मिति, फागुन २५ मा चुनाव

आदर्श समाज सम्वाददाता
माघ १६, २०७९
election office

काठमाडौ‌ं ।  निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोकेको छ। आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो २५ फागुन र उपराष्ट्रपतिको निर्वाचन आगामी ३ चैतमा हुने मिति सार्वजनिक गरेको हो।

सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सोही निर्णयका आधारमा निर्वाचन कार्यक्रम सार्वजनिक गरिने बताए। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोकिएपछि आयोगले मुख्यसचिवमार्फत मन्त्रिपरिषद्लाई लेखी पठाउनेछ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल २८ फागुनमा सकिँदै छ।संसद्ले चौथो कार्यकालका लागि नयाँ राष्ट्रपति र उपराष्ट्रपति चुन्नेछ।

Related News

सम्बन्धित समाचार

hero news full width