पोखरा । पोखरामा आगोले जलेर २ जना घाइते भएका छन् । पोखरा १३ काँहुखोलामा डेरा गरी बस्ने कृष्णबहादुर क्षेत्री र घरधनी संगीता सापकोटा जलेर घाइते भएका हुन् ।
जल्नुका कारण पत्ता नलागे पनि कृष्णबहादुरले शरीरमा पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेको बुझिएको छ । सो दृश्य घरधनी महिला संगीताले देखेर बोतल खोस्दा उनकोे शरीरमा पनि पेट्रोल परेको र आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । कृष्णबहादुरले अस्पतालमै पनि आफू स्वतन्त्र रुपमा मर्न नपाएको गुनासो गर्दै चिकित्सकलाई उपचार नगर्न आग्रह गरेकाले आत्मदाहको प्रयासको अनुमान गरिएको हो ।
घटनाबारे अनेक अड्कलबाजी भए पनि कसरी भयो यकीन भएको छैन । घटनाप्रति दुबैजनाको परिवार आश्चर्यमा परेका छन् । घाइतेहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
दुई जनामध्ये महिलाको अवस्था गम्भीर छ भने पुरुषको अवस्था सुधारोन्मुख रहेको अस्पतालका निर्देशक डा. भरतबहादुर खत्रीले जानकारी दिए । ‘महिला ८५ प्रतिशत जलेकाले इमर्जेन्सीमा राखेर उपचार भइरहेको छ, अवस्था चिन्ताजनक छ’, डा. खत्री भने, ‘पुरूष २५ प्रतिशतमात्र जलेका छन्, इमर्जेन्सीबाट सर्जरीमा सारेर उपचार भइरहेको छ ।’
स्थानीय र घर परिवारले नै जल्नुको कारण पत्ता लगाउन सकेका छैनन् । प्रहरीले यस विषयमा अनुसन्धानमै रहेकाले केही कुरा भन्न नसकिने जवाफ दिएको छ । पोखरा १३ का अध्यक्ष किरण बरालले पनि जलेको विषयमा आफू पनि अनभिज्ञ रहेकाले अनुसन्धानपछि नै कारण बाहिर आउने बताउँछन् ।
कृष्णबहादुरले आफू स्वतन्त्र रुपमा मर्न नपाएको गुनासो गर्दै चिकित्सकलाई उपचार नगर्न आग्रह गरेकाले आत्मदाहको प्रयास गरेको बुझिन्छ
उद्धारमा खटिएका छिमेकी रामचन्द्र सापकोटाले बिहान सवा ६ बजेतिर घटना भएको जानकारी दिए । ‘बिहान सवा ६ तिर चिच्याएको आवाज आएपछि त्यसतर्फ हेर्दा आगो दन्किएको देखेँ, म पनि गुहार भन्देै त्यहाँ पुग्दा महिला जलिरहेको देखें अनि ढोका फोरर पानी र कपडाको सहयोगले आगो निभाएर ट्याक्सी ल्याएँ,’ उनले भने, ‘मैले ट्याक्सी खाजेर ल्याउँदा बाथरुमबाट कृष्ण दाइलाई पनि आगो नियन्त्रण गरेर ल्याइएको रहेछन् ।’ ट्वाइलेटमा भएको प्लास्टिकका बट्टा, पिर्का र ढोकाका खापाहरु जलेको देखिएको उनले बताए । ‘झट्ट हेर्दा आगो बाथरुममा लगाएर निस्केको जस्तो देखिन्छ,’ उनले भने, ‘संगीता भाउजू कहाँबाट निस्कनुभयो भन्ने थाहा भएन तर कृष्ण सरचाहिँ बाथरुममै हुनुहुँदो रहेछ । अर्को भाइको भनाइ अनुसार उहाँले बाथरुमको पानीले आफूलाई आफैंले उद्धार गर्दै हुनुहुन्थ्यो रे ।’ घाइतेलाई अस्पताल लगेपछि प्रहरीकोमा जानकारी दिएको उनले बताए ।
दुवै जनाको घरपरिवारमा समस्या रहेको बारे आफूलाई थाहा नभएको उनले बताए । संगीताको घरमा कृष्णबहादुर स्टेसनरी पसल राखेका थिए र सोही घरमा डेरा गरी २ छोरी र १ छोरालाई पढाउँदै आएको कृष्णका दाजुले जानकारी दिए । कृष्णका श्रीमती भने शिक्षिका हुन् । मादी ६ तप्राङ स्थायी घर भएका कृष्ण लामो समयदेखि सोही घरमा डेरा गरी बसेका थिए । घटना हुनु अघिल्लो दिन तप्राङमै १५ दिन बसेर शनिबार रातिमात्र पोखरा झरेको उनका दाजुले जानकारी दिए । उनका अनुसार बुहारीको बिदा सकिएकाले शिक्षण पेसामा फर्किनुपर्ने भएपछि छोराछोरीको हेरचाहका लागि कृष्ण पोखरा झरेका थिए ।
यता, संगीताका श्रीमान् भने षड्यन्त्रपूर्वक आफ्नो श्रीमतीलाई आगो लगाएको बताउँछन् । ‘बचाउन जाने क्रममा आगो लागेको भए मेरो श्रीमती जलेर त्यस्तो अवस्थामा हुने अनि जल्न खोज्नेचाहिँ राम्रै कसरी हुन्छ,’ संगीताका श्रीमान्ले भने, ‘यहाँ ठूलो षड्यन्त्र रचिएको छ । यसको कडा छानबिन हुनुपर्छ ।’
Related News
सम्बन्धित समाचार
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
hero news full width
मुख्य समाचार
खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत
चैत्र १७, २०७९नवनियुक्त मन्त्रीहरुले लिए शपथ
चैत्र १७, २०७९दिउँसो ३ बजेका लागि शपथको तयारी
चैत्र १७, २०७९अनाथको आश्रय सहारा एकेडेमी
चैत्र १७, २०७९तनहुँ १ मा त्रिपक्षीय भिडन्त !
चैत्र १७, २०७९