सकियो मदरल्यान्डको सांस्कृतिक कार्यक्रम

आदर्श समाज सम्वाददाता
माघ १५, २०७९
motherland

पोखरा । शैक्षिक क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाएको पोखराको मदरल्यान्ड माध्यमिक विद्यालयको त्रिदिवसीय सांस्कृतिक कार्यक्रम आइतबार समापन भएको छ ।

किताबको सैद्धान्तिक ज्ञानलाई व्यवहारसँग जोड्ने उद्देश्यका साथ आयोजित कार्यक्रमको उद्घाटन सत्रमा कक्षा नर्सरीदेखि कक्षा ३ सम्मका प्रस्तुतिहरू राखिएको थियो । विद्यार्थी आफैंले तयारी गरेका समाजका सापेक्षतामा विभिन्न जातजातिका संस्कृति तथा भेषभूषा झल्कने एवं जीवनोपयोगी सन्देश दिने गीत, नाटक, भजन, कविता, नृत्य तथा प्रहसन प्रस्तुत गरेका थिए ।

विद्यालयका निर्देशक त्रिभुवन शर्माले विद्यालयको सम्मानित विगत स्मरण गर्दै यहाँसम्म ल्याउन प्रयत्नरत सम्पूर्ण अभिभावक, शिक्षक, कर्मचारी तथा शुभचिन्तकहरूलाई आभारका साथ धन्यवाद व्यक्त गरे । शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका कार्यालय प्रमुख नारायणप्रसाद सुवेदी, राष्ट्रिय परीक्षा बोर्ड पोखराका कार्यालय प्रमुख लक्ष्मण देवकोटा, विद्यालयका संस्थापक प्रचार्य नारायण बराल, समाजसेवी तथा विद्यालयका शुभचिन्तक तेजनारायण अधिकारी, पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्य, काइन्डनेस अभियानकी संस्थापक दुर्गामाया एन्डर्सनलगायतले बोलेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमनारायण पोखरेलको अध्यक्षतामा भएको समापन कार्यक्रम प्रावि इन्चार्ज केशु शर्मा, कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले सञ्चालन गरेको विद्यालयका सञ्चार प्रमुख होमनाथ भट्टराईले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकीमा ४३ हजार एक सय ६४ विद्यार्थी एसइई दिँदै   

    आदर्श समाज सम्वाददाता चैत्र १७, २०७९
    गण्डकी ।  माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा गण्डकी प्रदेशबाट ४३ हजार एक सय ६४ विद्यार्थी सहभागी भएका छन् । आजदेखि…
  • आमाहरुको पढ्ने धोको

    साधन राम्जाली चैत्र १७, २०७९
    म्याग्दी । बेनी मंगलघाटस्थित उज्यालो वैकल्पिक विद्यालयबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ९ जना आमाहरु सहभागी हुँदैछन् ।…
  • एसइई परीक्षाको तयारी पू्रा, विद्यार्थीको तस्बिर खिच्न रोक

    आदर्श समाज सम्वाददाता चैत्र १६, २०७९
    भक्तपुर ।  यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ…
  • भवानी कालिकामा अब डिजिटल प्रविधि

    आदर्श समाज सम्वाददाता चैत्र १६, २०७९
    पोखरा । पोखरा २६ को भवानी कालिका माविमा डिजिटल प्रविधिको स्माट डिभाइस तथा जेरो क्लाइन्ट नेटवर्क जडान गरिएको छ ।…
  • लमजुङमा २८११ परीक्षार्थी

    आदर्श समाज सम्वाददाता चैत्र १६, २०७९
    लमजुङ । लमजुङबाट २ हजार ८ सय ११ जना परीक्षार्थी सामेल हुँदैछन् । तीमध्ये १ सय ६४ जना प्राविधिक धारको…

hero news full width