पोखरा । त्रिवेणी संगीतालयद्वारा नव प्रतिभा खोजीअन्तर्गत आयोजित सुपर भ्वाइस अफ त्रिवेणीको उपाधि कास्कीका किशोर सुनारले जितेका छन् । प्रतियोगितामा सोलुखुम्बुका विनोद राई दोस्रो र म्याग्दीका राम घर्तीम्रे तेस्रो भए । यसैगरी पाल्पाकी निर्मला सुनारले सान्त्वना स्थान हासिल गरिन् । दर्शक रोजाइमा निशा थारु पुरस्कृत भइन् ।
कात्तिक महिनाबाट सुरु भएको कार्यक्रममा १ सय १८ जनाले भाग लिएकोमा विभिन्न चरण पार्दै अन्तिम प्रतिस्पर्धामा २० जना सहभागी थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत नाट्य प्रतिष्ठानका सदस्य प्राज्ञ हरिदेवी कोइरालाले विजयी कलाकारलाई पुरस्कार वितरण गरेकी थिइन् ।
कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले शुभकामना व्यक्त गरे ।
संगीतालयका प्रबन्ध निर्देशक तथा वरिष्ठ संगीताकार नवराज बरालको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन राजन बराल र सुनिता बरालले गरेका थिए ।
कार्यक्रमका निर्णायकहरु गीतकार हरिहर खनिया, संगीतकार अभिमन्युविक्रम राणा, गायक सिडी विजय अधिकारी, गायिका लक्ष्मी गिरी र सविना सुनाम थिए ।
Related News
सम्बन्धित समाचार
घनश्यामको निर्देशनमा ‘चित्रा’ बन्ने
पोखरामा सामुदायिक थियटरको माग
पोखरामा मोडल र्याम्प
मगर संस्कृतिमा आधारित फिल्म ‘उखान’
शर्मिला वाइवाले विष खाइन्
hero news full width
मुख्य समाचार
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९