पोखरा । ७४ औं भारतीय गणतन्त्र दिवसको अवसरमा नेपाल भारत मैत्री संघ कास्की शाखाले अरण्यज्योति पुस्तकालय पोखरा १३ मा पुस्तक हस्तान्तरण गरेको छ ।
उक्त कार्यक्रममा नेपाल भारत मैत्री संघ कास्की शाखाका जिल्ला कार्यसमिति सदस्य सुवास सिग्देलले नेपाल भारत मैत्री संघको तर्फबाट स्वागत मन्तव्य राख्दै आफ्नो वार्षिक सेवामूलक कार्यक्रम अन्तर्गत पुस्तक हस्तान्तरणलाई प्राथमिकता दिनुको कारण, यसको महत्व बारेमा प्रकाश पारे ।
पुस्तकालय सञ्चालन समितिका अध्यक्ष यदुराज पंगेनीले विसं २००९ मा स्थापित उक्त पुस्तकालयको ऐतिहासिक योगदान र हाल उक्त पुस्तकालयको महत्व विस्तारमा भइरहेका गतिविधिहरुका बारेमा प्रकाश पारे । उनले विगतमा समेत पुस्तकालयमा पुस्तक थप गर्नको लागि भारतीय दूतावासको सहयोग रहेको स्मरण गराए । हरेक प्रकारका पाठकलाई सेवा प्रदान गर्ने उद्देश्य अन्तर्गत डिजिटल लाइब्रेरीको अवधारणा समेत विकास गरिएको बताएका थिए । पुस्तक हस्तान्तरण कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष किरण बरालले पुस्तकालयको कोठा सानो भएकोले पुस्तक राख्ने ठाउँ अभाव भएको बताए ।
पाठकहरुलाई समेत बस्ने स्थानको अभाव भएकोले सभाहलको निर्माण गर्ने र उक्त सभाहलमा पुस्तक व्यवस्थापन एवं पाठकहरुलाई सहज हुने गरी यथाशीघ्र निर्माण गर्न आफू प्रतिबद्व रहेको बताए । नेपाल भारत मैत्री संघ कास्कीका अध्यक्ष एवं कार्यक्रमका सभापति डा.वीरबहादुर कार्कीले नेपालका ७४ जिल्लामा आफ्ना सदस्य र कार्यसमिति रहेको नेपाल भारत मैत्री संघ स्व रास्ट्रकवि माधवप्रसाद घिमिरे लगायतका वौद्विक व्यक्तित्व हरुको सेवामूलक परिकल्पनामा निर्माण भएको संस्था हुनाले नि स्वार्थ आपसी मानजवीय एवं सेवामूलक कार्य नै संस्थाको मुख्य कार्य भएको बताए ।
साथै उक्त कार्यक्रमले सामाजिक संस्थाहरुको आपसी सम्बन्ध विस्तार गर्दै भावी दिनहरुमा समेत हातेमालो गर्नको लागि सहयोगी हुने बताए । नेपाल र भारतका विशेष ऐतिहासिक दिनहरुमा सामाजिक कार्यहरु गर्दे मानवीय सम्बन्धलाई सुमधुर बनाउने अभियान अन्तर्गत अरण्यज्योति पुस्तकालयमा भएको उक्त कार्यक्रमको सञ्चालन नेपाल भारत मैत्री संघ कास्कीका उपाध्यक्ष एवं गण्डकी प्रदेश कार्यसमिति सचिव जयराम पौडेलले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
गुणस्तरीय शिक्षाका लागि साझा प्रयत्न आवश्यक : राष्ट्रपति पौडेल
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
खेलाडी गहना होइनन्, सम्पत्ति हुन् : मुख्यमन्त्री
hero news full width
मुख्य समाचार
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९