गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा  शान्ता

आदर्श समाज सम्वाददाता
माघ १५, २०७९
Yojana Aayog

पोखरा । गण्डकी प्रदेश नीति तथा योजना आयोग सदस्यमा डा. सुवास अधिकारी र डा. शान्ता खत्रीलाई नियुक्त भएका छन् ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेलसँगै सदस्यमा उनीहरुलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

माओावादी कोटाबाट नियुक्त तनहुँका डा. अधिकारी कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारका पालामा आयोग सदस्य थिए । त्यसअघि उनी जनप्रिय वहुमुखी क्याम्पमा पढाउँथे । उनको क्षेत्र जलस्रोत र जलसम्पदा हो । यसैगरी एमाले कोटाबाट सदस्य बनेकी डा. खत्री कास्की मादी गाउँपालिका १२ माइती  र  पोखरा २८, माझठानाकी बासिन्दा हुन् । उनी पृथ्वीनारायण क्याम्पसमा समाजशास्त्र तथा मानवशास्त्रकी उपप्राध्यापक हुन् । उनकाे ठेगाना मादी १२ उल्लेख छ ।

खगराज अधिकारी नेतृत्वको सरकारले मन्त्रिपरिषद्का निर्णयहरु ७२ घन्टापछि मात्र सार्वजनिक गर्ने नीति बनाएकाले यो निर्णय सार्वजनिक भने गरिएको छैन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक कर्मचारीले आइतबारको बैठकको प्रस्तावमा नीति तथा योजना आयोग उपाध्यक्ष र सदस्य नियुक्तिको एजेन्डा समावेश रहेको पुष्टि गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width