पोखरामा पनि आत्मदाह प्रयास, जलेर २ घाइते

आदर्श समाज सम्वाददाता
माघ १५, २०७९
fire

पोखरा । पोखरामा पनि एक युवकले आत्मदाह प्रयास गरेका छन् । पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका उनलाई बचाउन खोज्ने अर्की एक महिला पनि गम्भीर घाइते छिन् । पोखरा महानगरपालिका वडा नम्बर १३, काहुँखोलामा स्टेशनरी पसल संचालक ४५ वर्षीय कृष्णबहादुर क्षेत्रीले आत्मदाह प्रयास गरेका हुन् ।

स्थानीय संगीता सापकोटाको घरमा पसल संचालन गर्दै आएका उनले शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्दा घरधनी संगीताले देखेपछि बचाउने प्रयास गर्दा उनी पनि जलेकी हुन् । घाइते दुवैको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल), रामघाटमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जनाए ।

उनले भने, ‘एक पुरुषले पेट्रोल छर्केर आफैलाई जलाउने खोज्दा घाइते भएका हुन् । अर्की एक महिला पनि घाइते छिन् । उनीहरुको गण्डकीमा उपचार भइरहेको छ । सबै विवरण खुल्न बाँकी छ ।’

स्थानीय उनीहरुलाई जलिरहेको अवस्थामा देखेपछि उद्धार गरी अस्पताल पु¥याएका हुन् । कृष्णले किन आत्मदाह प्रयास गरे भन्ने यकिन भएको छैन । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

कृष्णले आफ्ना साथीहरुलाई आफू आर्थिक समस्यामा रहेको बताउने गर्थे । उनले शनिबार नै मोटरसाइकलमा पेट्रोल सकिएको भन्दै साथीसँग पेट्रोल मागेका थिए । कृष्णकी धर्मपत्नी शिक्षिका हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा भरतबहादुर खत्रीले अवस्था चिन्ताजनक रहेकाे बताए । गत साता काठमाडौंमा इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यले आत्मदाह गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width