कांग्रेसमा अन्तरघात गर्नेविरुद्ध उजुरी दिने समय माघ मसान्तसम्म   

आदर्श समाज सम्वाददाता
माघ १५, २०७९
congress

काठमाडौं ।  नेपाली कांग्रेसले गत मंसिर  ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तरघात गरी असहयोग गर्नेविरुद्ध उजुरी दिने समय माघ मसान्तसम्म तोकेको छ ।

पार्टीका स्थानीय निकायले त्यस्ता उजुरीका सम्बन्धमा निर्णय गरी केन्द्रमा पठाउने यसअघि निर्धारण गरेको यही माघ १५ सम्मको समय बढाएर माघ मसान्तसम्म तोकिएको कांग्रेसको केन्द्रीय अनुशासन समितिले आज जनाएको छ ।   रासस

Related News

सम्बन्धित समाचार

hero news full width