पोखरा । काठमाडौं जिल्ला प्रशासन कार्यालयले सर्वोच्च अदालतको आदेशबाट अनागरिक भएका निवर्तमान गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता प्रमाणपत्र लिएको पुष्टि गरेको छ।
आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले लामिछानेले नागरिकताका लागि निवेदन दिएपछि प्रक्रिया पुर्याएर वितरण गरिएको बताएका हुन्।
लामिछाने सर्वोच्चको आदेशपछि नागरिकताको प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन काठमाडौं पुगेका थिए। गत शुक्रबार सर्वोच्चको संवैधानिक आदेशले रविको नागरिकता अवैध भएको ठहर गर्दै नागरिकता लिने प्रक्रिया पूरा गर्न आदेश दिएको थियो। सोहीअनुसार लामिछानेले प्रशासन कार्यालय पुगेर नागरिकता लिएका हुन्।
लामिछानेले जिल्ला प्रशासन काठमाडौंमा अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गरेपछि दोस्रो पटक नेपाली नागरिकता लिएका हुन्।
यसअघि लामिछालेले नागरिकता लिन गृह मन्त्रालयसँग परामर्श गरेको बताइएको छ। गृहले नियमित प्रक्रियाबाट नागरिकता लिन सकिने बताएपछि उनी काठमाडौं जिल्ला प्रशासनमा पुगेका थिए।
लामिछाने २०५० मा लिएको नागरिकता त्यागेर अमेरिकी नागरिक भएका थिए। तर २०७५ मा नेपाल फर्किएका रविले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकताका लागि निस्सा पेस गरेका थिएनन्। २०५० मा लिएर बीचमा त्यागिसकेको नागरिकता पेस गरेर उनले नेपाली राहदानी निकालेका थिए। पछि राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्दा पनि उनले त्यही नागरिकता निर्वाचन आयोगमा पेस गरेका थिए।
रविले गत ४ मंसिरको निर्वाचनमा चितवन २ बाट प्रतिनिधिसभा सांसदमा उम्मेदवारी दिँदा पनि उनले पुरानै खारेज भइसकेको नागरिकता पेस गरेका थिए।
रविले दोस्रो पटक नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन्। जिल्ला प्रशासन काठमाडौंमा अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गरेपछि उनले नेपाली नागरिकता लिएका हुन्।
चितवन २ बाट निर्वाचित सांसद, गृहमन्त्री र रास्वपा सभापति पदसमेत गुमाएका उनले अब नेपाली नागरिकमा रुपमा सक्रिय हुन सक्नेछन्। यद्यपि रविविरुद्ध दोहोरो राहदानी प्रयोग, खारेज भइसकेको नागरिकताबाट पदमा पुगेर कानुनी दुरुपयोग गरेको आरोप लागेको छ।
Related News
सम्बन्धित समाचार
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
hero news full width
मुख्य समाचार
खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत
चैत्र १७, २०७९नवनियुक्त मन्त्रीहरुले लिए शपथ
चैत्र १७, २०७९दिउँसो ३ बजेका लागि शपथको तयारी
चैत्र १७, २०७९अनाथको आश्रय सहारा एकेडेमी
चैत्र १७, २०७९तनहुँ १ मा त्रिपक्षीय भिडन्त !
चैत्र १७, २०७९