पोखरा । बेगनासताल धार्मिक तथा पर्यटन विकास संस्थाको तेस्रो वार्षिक साधरणसभा तथा दोस्रो अधिवेशनले ध्रुवनाथ अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
समिति उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः मित्रलाल भण्डारी, शान्ति खनाल र गंगाराम सुवेदी निर्वाचित भए । सदस्य कृष्ण ढुंगाना, सीता कार्की, कल्पना अधिकारी, सुरेन्द्र कँडेल, रविराज कँडेल, भरत ढकाल, भानुभक्त पौडेल र निरञ्जन विक छन् ।
बेगानासतालको बीचमा पर्ने कँडेल टुँडास्थित एतिहासिक धार्मिकस्थललाई वराह क्षेत्रको रुपमा विकास गरी धार्मिक र पर्यटन गतिविधि तीव्र पार्ने उद्देश्यले संस्था स्थापना भएको हो ।
साधारणसभा उद्घाटन गर्दै राष्ट्रिय परोपकार महासंघ नेपालका अध्यक्ष पं कमलनयन गौतमले जलमय क्षेत्रलाई धार्मिक दृष्टिकोणले पनि पवित्र मानिने जनाउँदै पोखरा पर्याप्त जल क्षेत्र भएकोले विकासले छिट्टै गति लिने बताए ।
संस्थाका अध्यक्ष ध्रुवनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष ढकनाथ कँडेल, इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख कमल भण्डारी, पितृउद्दार ज्ञान महायज्ञ मुल आयोजक समिति अध्यक्ष तथा संस्थाका सल्लाहकार डिल्लीरमण तिवारी, युवा समाजसेवी कृष्णप्रसाद ढुंगाना, सहनशील आमा समूह अध्यक्ष शोभा न्यौपाने, राममणि अधिकारी र सोमलाल तिवारी, संस्थाका सचिव शान्ति खनाल र कोषाध्यक्ष गंगाराम सुवेदीले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९