चेतनशील युवा क्लबमा सर्वेन्द्र

आदर्श समाज सम्वाददाता
माघ १५, २०७९
chetansil

लेखनाथ । पोखरा ३० को चेतनशील आदर्श युवा क्लबको शनिबार भएको १३ औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनले सर्वेन्द्र न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नव गठित समितिको प्रथम उपाध्यक्ष विशाल गुरुङ, द्वितीय उपाध्यक्ष जीवन ढकाल, सचिव बिक्की गुरुङ, सह सचिव रामचन्द्र चापागाईं, कोषाध्यक्ष पुकार ताम्राकार चयन भए । सदस्यहरु अनोज गुरुङ, सुरज तिमिल्सेना र सर्वज्ञ अधिकारी छन् ।

कार्यक्रममा संस्थापक अध्यक्ष सोमलाल कँडेल, पोखरा ३० का वडा सदस्य विनोदप्रसाद लामिछाने, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ, खेल संयोजक सुरजबहादुर तिमिल्सेना, पूर्व अध्यक्ष सुरज भट्टराई, ऋषिराम जमरकट्टेल लगायतले आफ्नो ठाउँको विकासका लागि सबै जना संगठित हुनुपर्नेमा जोड दिएका थिए ।

यसैबीच पुनर्मिलन कार्यक्रममा विभिन्न विधाका खेल प्रतियोगिता सञ्चालन गरिएको थियो । पूर्व कार्यसमितिका पदाधिकारी तथा सहयोगीलाई सम्मान गरिएको क्लबले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width