पोखरा । चेम्बर अफ कमर्स गण्डकीले प्रदेशमा आइडिया बैंक स्थापना गर्ने निर्णय गरेको छ ।
चेम्बर अफ कमर्स गण्डकी प्रदेशको आठौं कार्यसमिति बैठकले ‘सोचबाट उद्यमशीलता’ भन्ने प्रमुख लक्ष्यसहित गण्डकीमा आइडिया बैंक स्थापना गर्ने निर्णय गरेको चेम्बर गण्डकीका अध्यक्ष किसान सुनारले जानकारी दिए ।
‘गण्डकी प्रदेशभित्र स्थापना भएका उद्योगी, व्यवसायीलाई थप व्यवस्थित र वस्तु तथा सेवाको व्यावसायिक प्रवद्र्धन गर्ने प्रमुख लक्ष्य हो, सुनारले भने, ‘आइडिया बैंक स्थापना भएसँगै नया उद्यम गर्न चाहने र विदेशबाट ज्ञान सिप सिकेर पुँजी लिएर आएका उद्यमीलाई विशेष सहयोग पुग्छ ।’
देशमा भएका बेरोजगार युवालाई स्वरोजगार सिर्जना गर्न चेम्बरले ३ तहको सरकारसँग सहकार्य गर्न आइडिया बैंकले सहयोग गर्ने बताए ।
‘पछिल्लो समय देशमा बेरोजगार प्रमुख समस्या बनेको छ, तीनै तहको सरकारसँग समन्वय गर्दै दातृनिकायसँग साझेदारी गर्दै बिउ पुँजी उपलब्ध गराई बेरोजगारीलाई स्वरोजगार सिर्जना गर्न सक्छौं ।’ उनले भने ।
चेम्बर अफ कमर्स गण्डकीको आठौं बैठकलले गण्डकी प्रदेशमा फ्रि हटलाइन नम्बर हेल्लो चेम्बर हेल्प डेस्क स्थापना गर्ने निर्णय गरेको छ ।
गण्डकी प्रदेश भित्ररहेका उद्योगी, व्यवसायीको हक हित,समस्या पहिचान र निराकरण गर्नका लागि व्यावसायिक प्रवद्र्धन गर्न सरकार र निजी क्षेत्रबीच पुलको काम गरी सरकारलाई व्यवसायी मैत्री नीति निर्माण गर्न लगानीमैत्री वातावरण तयार गर्न नीतिगत सुझावका लागि हेल्प डेस्क स्थापना गर्ने निर्णय गरेको हो ।
यस्तै चेम्बर गण्डकीले एक पालिका एक उत्पादन र उत्पादित वस्तुको बजारीकरण गर्ने निर्णयसमेत गरेको छ । सिप सिकेर स्वदेशमा नै कृषि व्यवसाय गर्न चाहने तथा कृषि पेशामा सिप सिकेर विदेश जान इच्छुक व्यक्तिलाई आवश्यक तालिम प्रदान र विदेशबाट फर्र्किएका युवाहरुलाई कृषि तालिम दिएर कृषिमा आबद्धता गर्ने निर्णयसमेत गरेको छ ।
चेम्बर अफ कमर्स गण्डकीको वार्षिक साधारण सभा चैत ११ गते पोखरामा गर्ने निर्णयसमेत भएको अध्यक्ष सुनारले जानकारी दिए । बैठकमा जिल्ला चेम्बरको प्रगति प्रतिवेदन, एसोसिएट र वस्तुगत संघ दर्ता सम्बन्धमालगायत विषयमा छलफल भएको थियो ।
Related News
सम्बन्धित समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
लगानी नहुँदा अर्थतन्त्र धरातलमा: प्रदेश प्रमुख
चुनावी एजेन्डा सुनाउन गृहनगरमा अञ्जन
नागरिक लगानी कोषको पोखरा शाखा देशभरमै उत्कृष्ट
उद्योग वाणिज्य महासंघमा अञ्जन श्रेष्ठको उम्मेदवारी
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९