गण्डकी प्रदेश र एपिएफ टाइगर कप च्याम्पियन

विजय नेपाल
माघ १४, २०७९
tiger cup (2)

उपाधि सहित घरेलु टिम गण्डकी । तस्बिरः सुदर्शन रञ्जित ।

पोखरा । घरेलु टोली गण्डकी प्रदेश र विभागीय एपिएफ क्लब टाइगर कप भलिबल प्रतियोगितामा क्रमशः पुरुष तथा महिलातर्फ च्याम्पियन बनेका छन् । शनिबार फाइनलमा पुरुषतर्फ गण्डकीले विभागीय एपिएफ क्लबलाई ३–२ सेटमा हराउँदै उपाधि जित्दा महिलातर्फ एपिएफले अर्को विभागीय त्रिभुवन आर्मीको चुनौती ३–१ सेटमा पन्छाउँदै उपाधि रक्षा गरेको हो ।

पहिलो संस्करण जितेको गण्डकीले दोस्रो पल्ट च्याम्पियन बन्नेक्रममा प्रतिस्पर्धात्मक खेलमा कठिन जीत हात पारेको हो । पहिलो सेट १६–२५ मा गुमाएको गण्डकीले दोस्रो सेटमा २५–१८ मा जितेको थियो । तेस्रो सेटमा २५–१९ ले जित्दै जीत नजिक पुगे पनि चौंथो सेट एपिएफलाई सुम्पियो । एपिएफ २८–२६ ले खेल जित्दै बराबरी खेलेकोमा पाँचौं तथा अन्तिम सेटमा भने गण्डकीले १५–८ को स्कोरले जित्यो । सेमिफाइनलसम्म अपराजित एपिएफको चुनौती पन्छाउँदै अन्ततः गण्डकी ५ लाख रुपैयाँ पुरस्कारको हकदार बनेको हो । उपविजेताले २ लाख ५० हजार पुरस्कार पाएको छ ।

पहिलो संस्करणमा आर्मीलाई हराउँदै गण्डकीले पहिलो उपाधि जितेकोमा दोस्रो पल्ट पुनः उपाधि जित्न सफल भएको हो । फाइनल रोमाञ्चक बनिरहेको बेला एएिफका खेलाडी र दर्शकबीच बोत्तल हानाहान हुँदा खेल केहीबेर रोकिन पुगेको थियो । तर सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिंदा अप्रिय घटना हुन पाएन ।

नेपाल पुलिस क्लब भने तेस्रो भयो । साविक विजेता आर्मीलाई ३–१ हराउँदै तेस्रो स्थान सुरक्षित गरेको हो । पहिलो सेट २५–२२ ले गुमाएको पुलिसले पछिल्ला सेट २५–१८, २५–२१ र २५–२० ले जितेको हो ।

महिलातर्फ आर्मीलाई ३–१ को सेटमा हराउँदै एपिएफले दोस्रो पल्ट उपाधि जितेको छ । फाइनलमा उसले २५–२२, २०–२५, २५–८ र २५–२२ को सेटमा हराएको हो ।

टाइगर कपको पहिलो संस्करण पुलिसको पोल्टामा गएको थियो । महिलातर्फ होङवान्जी न्यू डायमण्ड स्पोर्ट्स क्लबले तेश्रो स्थान प्राप्त ग¥यो ।

पुरुषतर्फ गण्डकीका रवि केसी र महिलातर्फ एपिएफकी सरस्वती सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै जनही २५ हजार प्राप्त गरेका छन् । महिलातर्फ उत्कृष्ट सेटर ललिना नाथ (डायमण्ड), सर्भर अरुणा शाही (गण्डकी), ब्लकर संगम महतो (आर्मी), लिब्रो सरस्वती जैसी (आर्मी), स्पाइकर निरुता ठगुन्ना (एपिएफ) घोषित भए । उत्कृष्ट प्रशिक्षक एपिएफका महेश चौधरी बने । पुरुषतर्फ उत्कृष्ट सेटर विवश आलेमगर (गण्डकी), सर्भर घनश्याम चौधरी (गण्डकी), लिब्रो विनोद चन्द (एपिएफ), स्पाइकर टेकराज अवस्थी (एपिएफ), ब्लकर भारतीय खेलाडी नितिन (गण्डकी) बने । पुरुषतर्पm उत्कृष्ट प्रशिक्षकमा रमेश केसी (गण्डकी) घोषित भएको प्रचार संयोजक इन्द्रप्रसाद पौडेलले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width