घोडाघोडीमा लटोकोसेरो संरक्षण उत्सव

आदर्श समाज सम्वाददाता
माघ १४, २०७९
owl festival-3

पोखरा ।  किसानको साथी लाटोकोसेरो तथा हुचील संरक्षणको सन्देश दिन माघी होमस्टे, घोडाघोडी बर्ड सेन्चुरी कैलालीमा माघको २० र २१ गते दुई दिने संरक्षण उत्सवको तयारी गरिएको छ । मुसाहरुको संख्या नियन्त्रण गरेर किसानलाई सहयोग गर्ने किसानको साथी लाटोकोसेरो तथा हुचीलको अवैध व्यापार, बासस्थान लोपहुनु लगायतका कारण संकटमा पर्दै गएपछि नागरिक स्तरबाटै संरक्षणमा लाग्न प्रेरित गर्न महोत्सवको आयोजना गरिएको हो ।

कैलालीमा दशैं संस्करणको रुपमा नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०७९ हुन गएरहेको हो । लाटोकोसेरोले मुसा मात्र होइन किरा फट्याङग्रा, सर्प, भ्यागुता खाएर संख्या नियन्त्रण गर्दछ । एक परिवार लाटोकोसेरो (भाले,पोथी र बच्चाहरु) ले एक सिजनमा ३ हजार वटा सम्म मुसाहरु खाएर मुसाको संख्या नियन्त्रण गर्ने प्रकृतिका साथीहरु नामक संस्थाका निर्देशक राजु आचार्यले जानकारी दिए । पर्यावरणलाई सन्तुलित राख्न मात्र होइन यिनको उपस्थितिले प्रकृति स्वस्थ छ भन्ने संकत पनि गर्ने आचार्यले बताए ।

पछिल्लो समयमा बिभिन्न प्रजातिका चराको अवलोकन गर्न मात्रै पनि विदेशी पर्यटक आउने भएकोले चरामा आधारित पर्यापर्यटन विकासमार्फत मानवीय जिविकोपार्जनमा समेत सहयोग पुग्ने आयोजक संस्था प्रकृतिका साथीहरु नामक संस्थाले जनाएको छ । लाटोकोसेरोको आवाजले साँझ परेको तथा बिहान भएको संकेत समेत गर्दछ । धार्मिक हिसाबले पनि लाटोकोसेरोको महात्व रहेको छ । लाटोकोसेरोलाई देवी लक्ष्मीको वाहन मानिन्छ ।

नेपालमा यिनीहरुको वासस्थान तराइदेखि हिमालसम्म फैलिएको छ । लाटोकोसेरोको संख्याको बारेमा नेपालमा अध्ययन नभए पनि हालसम्म २३ प्रकारका लाटोकोसेरोको प्रजातीहरु अभिलेख गरिसकिएको छ । जसमध्ये ९ प्रजातीहरु नेपालमा दुर्लभ मानिन्छन् । यसमध्ये एकवटा प्रजातीहरुलाई लामो समय देखि नेपालमा अभिलेख गरिएको छैन् । विश्वमा करिब २२५ प्रजातीका लाटोकोेसेराहरु पाइन्छन् ।

महोत्सव सफल रुपमा सम्पन्न गर्न प्रकृतिका साथीहरुको आयोजना र चरा संरक्षण नेटवर्क, कैलाली जुटेका छन् । डीआर चौधरीको संयोजकत्वमा ७ सदस्यीय नेपाल लाटोकोसेरो तथा हुचील उत्सव आयोजक मूल समिति गठन गरिएको छ । यसअघि लाटोकोसेरो संरक्षण उत्सव धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा, खोटाङ र स्याडजा जिल्लामा सम्पन्न गरिसकिएको छ । यस किसिमको उत्सव नेपालबाहेक संसारभर अमेरिका, इटाली र भारतमा पनि मनाइन्छ ।

उत्सव शूरु हुनु अघि नै स्थानीय विद्यालयहरुमा लाटोकोसेरो चेतना शिवीरहरु सञ्चालन भैरहेको छ । उत्सवको समयमा चरा तथा प्रकृतिको अवलोकन, लाटोकोसेरा सम्बन्धीु म्युजियम प्रदर्शनी, स्थानीय लोपोन्मुख खेलहरु तथा सांस्कृतिक गित तथा नाँचको प्रर्दशनी गरिने छ । साँइ किचकिच, छुर, टिटी, कोइली दिदी, भुरुङ, साराङ्गी हाटा जस्ता स्थानिय लोपोन्मुख खेलको प्रदर्शनी समेत गरिने छ ।

उत्सवमा स्वागत गीत, स्थानीय विधालयहरुको नाँच, स्थानिय सास्कृतिक कार्यक्रमहरु मुंन्ग्रहुवा, सखिया, झुम्रा, लाठी, हुर्दुङ्गुवा, देउडा खेल, कौडा नाँचहरु तथा मनिरामको संरक्षण गीत आदिको प्रस्तुती हुने बताइएको छ । वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीहरुले लाटोकोसेरो संरक्षण सम्बन्धि नाँच समेत प्रदर्शन गर्नेछन् ।

चित्रकला प्रतियोगितामा पोखराको मदरल्याण्ड माविका विद्यार्थी अक्षता प्रथम

नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०७९ को पूर्वसन्ध्यामा भएको चित्रकला प्रतियोगितामा मदरल्याण्ड माविकी छात्रा अक्षता दाहाल प्रथम भएकी छन् । नेपाल भरिका विद्यार्थीहरुका लागि खुला गरिएको प्रतियोगितामा क्रियटिभ एकेडेमी कृतिपुर काण्माडौंकी आस्था सिंह दितीय र त्रियुग मावि धापासीका पियुष लामगाढ तृतीय भएका छन् ।

प्रथम, दितीय र तृतीय हुने विद्यार्थीलाई क्रमश १५ हजार १० हजार र ५ हजार नगद र प्रमाणपत्र प्रदान गरिने उत्सव आयोजक संस्थाले जनाएको छ । यस्तै गरी उत्सवमा निबन्ध तथा कविता प्रतियोगिताको पनि आयोजना गरिने बताइएको छ । उत्सवमा लाटोकोसेरोको जानकारी भएको सूचनाहरु, चित्रहरु, तथा फोटोहरुको प्रदर्शनी पनि गरिने छ । गहँुको छ्वालीबाट, चुराबाट, ढुङगाबाट, स्टीलको पाताबाट, लप्सीको दानाबाट तथा माटोबाट बनाइएका लाटोकासेरोहरु समेत प्रदर्शनीमा राखिने बताइएको छ । आठ प्रजातिको लाटोकोसेरोहरुको आवाज सुन्ने र भिडीयो हेर्ने व्यवस्था मिलाइएको आयोजकले बताएका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार

उत्सवमा चार जना अनुसन्धानकर्मी र संरक्षणकर्मीहरुलाई संरक्षणको क्षेत्रमा गरेको योगदानको कदर गर्दै ‘प्रकृति संरक्षण पुरस्कार’ समेत प्रदान गरिने आयोजकले बताएका छन् । संरक्षणकर्मीहरुलाई जनही नगद रु. २५,०००÷– सहित ताम्रपत्र तथा दोसल्लाबाट सम्मान गरिने छ ।
यस वर्ष बारेकोटे गाउँपालिका, जाजरकोटका संरक्षणकर्मी गोविन्द बहादुर सिंह, काठमाडौँ, गोकर्णेश्वर–४ का अनुसन्धानकर्मी हेमबहादुर कटुवाल, कान्तिपुर दैनिकसँग आबद्ध चितवनका पत्रकार रमेशकुमार पौडेल र भारतीय वैज्ञानिक डा. सतीश अ. पांडे संरक्षण पुरस्कार पाउने आयोजकले बताएका छन् । यसै गरी लामो समय देखि विधार्थी परिचालन गरि चरा तथा प्रकृति संरक्षणमा योगदान गरेको भन्दै यस वर्ष काठमाण्डौ, किर्तीपुर स्थीत क्रीयटीभ एकेडेमी विधालयलाई सम्मान गरिने बताइएको छ ।

Related News

सम्बन्धित समाचार

  • आज कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

    रासस चैत्र ३०, २०८०
    काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान…
  • अझै दुई दिन पानी पर्ने

    आदर्श समाज सम्वाददाता चैत्र ८, २०८०
    काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न…
  • तारेपहरो डम्ठी वनमा दुर्गादत्त

    आदर्श समाज सम्वाददाता फागुन ९, २०८०
    पोखरा ।  अन्नपूर्ण गाउँपालिका वडा नं. १ र २ स्थित तारेपहरो डम्ठी सामुदायिक वन उपभोक्ता समूहको ११ औं साधारणसभा तथा…
  • पोखरामा मनाइयो विश्व सिमसार दिवस

    आदर्श समाज सम्वाददाता माघ २१, २०८०
    पोखरा । सन् १९९७ देखि रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन २ फेब्रुअरी स्मरण गर्दै पोखरामा विश्व सिमसार दिवस मनाइएको छ…
  • पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८०
    पोखरा । आठौं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव पोखरामा सुरु भएको छ । नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा आयोजना…

hero news full width