पोखरेली युवा सांस्कृतिक परिवारमा सामूहिक साहित्यिक जयन्ती

आदर्श समाज सम्वाददाता
माघ १३, २०७९
Poyusas

पोखरा । श्रीपञ्चमी अवसरमा पोखरेली युवा सांस्कृतिक परिवारले वाङ्मयिक क्षेत्रका दिवंगत स्रष्टाको सम्झना गर्दै साहित्यिक जयन्ती मनाएको छ ।

संगीत तथा नाट्य प्राज्ञ प्रतिस्ठानका पूर्व कुलपति सरुभक्तले सामूहिक साहित्यिक जयन्तीको उद्देश्यमाथि प्रकाश पार्दै संस्थाले २०३५ सालदेखि दिवगंत स्रष्टाहरुको सम्झनामा श्रीपञ्चमीका दिन सामूहिक जयन्ती मनाउँदै आएको बताए । कलाकारलाई बैशाखमा र संगीतकारलाई महाशिवरात्रीमा स्मरण गरिंदै आएको उनले जनाए ।

२०३५ सालमा पहिलो पटक सो कार्यक्रम गर्दा रथमा विभिन्न कवि, साहित्यकारको फोटो राखेर सहर परिक्रमा गरेर विन्ध्यवासिनीमा कोण सभा गरेको उनले स्मरण गरे । उनले यस्ता कार्यक्रमले पुराना साहित्यकार र नयाँ पुस्ताबीचको पुलको काम गर्ने बताए ।

कार्यक्रममा प्राज्ञ रमेश श्रेष्ठ, हनिफ मियाँ, प्रकाश घिमिरे, सरस्वती प्रतीक्षा, लक्ष्मण थापा, इ. कौशलचन्द्र जिसी, मोती भुजेल, शिव त्रिपाठी, प्रकाश आचार्य, शिव संकल्प, हसिना बस्नेत, विकास रोका मगर, एमडी काफ्ले, मिलन गिरी मुक्तिनाथ अधिकारी लगायतका कविले दिवगंत स्रस्टाका सिर्जना वाचन गरेका थिए ।

संस्थाका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा साहित्य संयोजक शरण आँशुले स्वागत र सचिव डा. चैतन्य अधिकारीले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • बंगलादेशमा घन्कियो रेशम फिरिरी …

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा ।  बंगलादेश–नेपालको कुटनीतिक सम्बन्ध स्थापनाको सन्दर्भमा नेपाली कला प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम भएको छ । फागुन ३० देखि चैत…
  • ‍‍‍‍‍‌‌‌… अनि दुर्गा बराल बने वात्स्यायन‍‍‍

    रूपनारायण ढकाल चैत्र ४, २०७९
    पोखरा ।  नेपाली चित्रकलाजगत्का शीर्षस्थ प्रतिभा कलाकार दुर्गा बराल ‘वात्स्यायन’ आजदेखि ८१ वर्षमा प्रवेश गरेका छन् । चित्रकलाका यीनै हस्ती…
  • वात्स्यायनको अभिनन्दन तथा रथारोहण

    आदर्श समाज सम्वाददाता चैत्र ४, २०७९
    पोखरा । कलाकार दुर्गा बराल ‘वात्स्यायन’ को पोखरामा शनिबार नागरिक अभिनन्दन तथा रथारोहण भएको छ ।  पोखरेली कलाकार वात्स्यायनको सम्मानमा …
  • देवुको ‘अव्यक्त पीडा’ र ‘दोषी नजर’ लोकार्पण

    आदर्श समाज सम्वाददाता फागुन २७, २०७९
    पोखरा । साहित्यकार देवेन्द्र केसी ‘देवु’ को अव्यक्त पीडा (मुक्तक संग्रह) र दोषी नजर (गीति एल्बम) शुक्रबार लोकार्पण भयो ।…
  • रत्नमानको ३ भाषाको पुस्तक

    आदर्श समाज सम्वाददाता फागुन २१, २०७९
    पोखरा । शिक्षासेवी रत्नमान गुरुङले नेपाली, अग्रेजी र गुरुङ भाषासम्बन्धी पुस्तक बजारमा ल्याएका छन् । उनको पहिलो कृति ‘भाषा, व्याकरण…

hero news full width