प्रहरी हुँ भन्दै ७ लाख ठगी

आदर्श समाज सम्वाददाता
माघ १३, २०७९
nakkali police lamjungs

लमजुङ । लमजुङ प्रहरीले ठगी आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मस्र्याङ्दी गाउँपालिका–१, घनपोखरामा स्थायी बसोबास भएका ३५ वर्षीय जीवन गुरुङ हुन् ।

उनले प्रहरीका नाउँमा ७ लाख बढी रकम ठगी गरेको उजुरीपछि जिल्ला प्रहरी कार्यालय, लमजुङबाट खटिएको विशेष टोलीले पोखराबाट उनलाई पक्राउ गरेको हो । उनी विभिन्न महिलाहरूबाट ७ लाख १७ हजार लिई सम्पर्कविहीन भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जगदीश रेग्मीका अनुसार जीवनले आफू प्रहरी हुँ भन्दै विभिन्न व्यक्तिलाई विश्वास दिलाई झुक्यानमा पारी उक्त रकम ठगी गरेको अभियोग छ ।

शुक्रबार लमजुङ जिल्ला अदालतबाट ठगीसम्बन्धी कसुरमा दिन ५ को म्याद लिई थप अनुसन्धान कार्य अघि बढाइएको छ । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद– २१ अन्तर्गत यसरी ठगी गर्नेलाई ७ वर्षसम्म कैद र ७० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेको पद गुम्न सक्ने, अन्तिम सुनुवाइका लागि पेस गर्न आदेश

    आदर्श समाज सम्वाददाता चैत्र २, २०७९
    पोखरा । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) को अयोग्यताको मुद्दालाई अन्तिम सुनुवाइका लागि पेस गर्न आदेश…
  • मन्त्रीको घरमा चोरी   

    आदर्श समाज सम्वाददाता फागुन २४, २०७९
    अर्घाखाँची ।  लुम्बिनी प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यको घरमा चोरी भएको छ । सन्धिखर्कको हटारीनेटास्थित उहाँको निजी निवासमा गए राति…
  • कोदालो प्रहार गरी श्रीमतीको हत्या

    रासस फागुन १८, २०७९
    ढोरपाटन । बागलुङमा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको जैमिनी नगरपालिका–२ दमेकका ४५ वर्षीय केशव नेपालीले श्रीमती ३६ वर्षीया…
  • लागु औषधसहित २ पक्राउ

    आदर्श समाज सम्वाददाता फागुन १३, २०७९
    पोखरा । कास्की प्रहरीले लागु औषधसहित २ युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत मोदी गाउँपालिका ६ बस्ने वर्ष…
  • एटिएम फोर्न खोज्ने २ पक्राउ

    आदर्श समाज सम्वाददाता फागुन ११, २०७९
    पोखरा । कास्की प्रहरीले एटिएम फोर्ने प्रयासमा संलग्न २ जना युवकलाई पक्राउ गरेको छ । उनीहरुले एकै रातमा पोखरास्थित विभिन्न…

hero news full width