पोखरा । पोखरा उद्योग वाणिज्य संघले व्यवसायी प्रेमप्रसाद आचार्यको आत्मदाह तथा व्यवसायी मोहन न्यौपानेको आत्महत्याप्रति दुख व्यक्त गरेको छ ।
उनीहरुको अकालमै मृत्यु प्रकरण नेपालमा विद्यमान असमान वितरण प्रणाली, अव्यावहारिक नीति नियम, लघु, घरेलु एवं साना र मझौला उद्योग व्यवसायप्रतिको राज्यको उदाशीनताकै कारणबाट भएकोमा कुनै दुविधा नभएको भन्दै संघले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘बैंकको चर्को ब्याजदर, अव्यावहारिक कर नीति, सहज वित्तीय पहुँच तथा प्रोत्साहनको अभावमा कयौं व्यवसायीरुले जीवन त्याग गरिरहेका छन् । कयौं व्यवसायीहरु मानसिक प्रताडना सहेर, घरबार बैंक तथा वित्तीय संस्थालाई सुम्पेर बाँच्न अभिषप्त बनाइएका छन्,’ संघका महासचिव बलराम आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संघले कोभिड–१९ ले लघु, घरेलु एवं साना र मझौला उद्योग व्यवसायमा पारेको प्रभाव न्युनीकरणको लागि सरकार तथा नियमनकारी निकाय नेपाल राष्ट्र बैंकलाई पटक पटक ध्यानाकर्षण गराउँदै आएको छ ।
यतिमात्र नभएर बैंकको चर्को ब्याजदर घटाउन, कर्जाको पुनर्तालिकीकरण गर्न एवं कठीन परिस्थितिमा राहतका कार्यक्रम ल्याउन पनि नियमनकारी निकायको ढोका ढक्ढक्याएकै छ । तर, आश्वासन बाहेक केही प्राप्त भएको छैन । बैंक तथा वित्तीय संस्थाको प्रताडनाकै कारण आइन्दा कुनै पनि उद्योगी व्यवसायीले अकालमा ज्यान गुमाउने अवस्थाको अत्य गरी प्रेमप्रसादहरुमाथि न्याय गरियोस् भन्ने जोडदार माग गर्दछ ।’
समस्याको समाधान नभए नेपालको निजी क्षेत्र आन्दोलनमा उत्रन बाध्य हुने विज्ञप्तिमार्फत चेतावनी समेत दिइएको छ ।
Related News
सम्बन्धित समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
लगानी नहुँदा अर्थतन्त्र धरातलमा: प्रदेश प्रमुख
चुनावी एजेन्डा सुनाउन गृहनगरमा अञ्जन
नागरिक लगानी कोषको पोखरा शाखा देशभरमै उत्कृष्ट
उद्योग वाणिज्य महासंघमा अञ्जन श्रेष्ठको उम्मेदवारी
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९