शीतलादेवी विद्यालयमा १५ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
माघ १२, २०७९
shitaladevi

पोखरा । शीतलादेवी सामुदायिक माद्यामिक विद्यालय पोखरा १२ को ५८ औं वार्षिकोत्सव एवं अभिभावक दिवसका पूर्वसन्ध्यामा बिहीबार गरिएको रक्तदानमा १५ युनिट रगत संकलन भएको छ । सरस्वती पूजाको अवसरमा बिहीबार रक्तदान, शैक्षिक प्रदर्शनी तथा अक्षराम्भ कार्यक्रम भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा १२ का अध्यक्ष सन्तोष बास्तोलाले रेडक्रसको महोत्वका बारेमा भनाइ राखे । प्राचार्य टीकाराम कोइराला, विद्यालय व्यवस्थापन समिति अध्यक्ष टीकाबहादुर कार्कीले शुभकामना मन्तव्य राखेका थिए ।
रक्तसञ्चार कार्यालय पोखराको प्राविधिक सहयोगमा जुनियर तथा युवा रेडक्रस सर्कल विद्यालयको आयोजनामा कार्यक्रम भएको हो ।

रक्तसञ्चार कार्यालय पोखराका प्रमुख अर्जुन ज्ञवाली, विज्ञान संकाय संयोजक दुर्गाप्रसाद सुवेदी, व्यवस्थापन संकायका संयोजक आशीष थापा, शिक्षक विष्णुकमार श्रेष्ठ लगायत शिक्षक, अभिभावक र विद्यार्थीको उपस्थिति थियो ।
जुनियर युवा रेडक्रस समिति विद्यालयका अध्यक्ष नीरज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव रिया त्रिपाठीले रेडक्रसको ७ सिद्धान्त वाचन गरेकी थिइन् । प्रधानाध्यापक बाबुराम अधिकारीले स्वागत मन्तव्य राखेका थिए, शिक्षक नायक रामचन्द्र अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width