गल्याङ प्रज्ञा प्रतिष्ठान गठन हुने

आदर्श समाज सम्वाददाता
माघ १२, २०७९
Galyang 12

स्याङ्जा ।  गल्याङ नगरपालिकाको १२ औं नगरसभा गल्याङ् प्रज्ञाप्रतिष्ठान गठन गर्ने विधेयक पारित गर्दे बुधबार सकिएको छ ।

नगरसभामाका सभाध्यक्ष एवं नगर प्रमुख गुरुप्रसाद भट्टराईले प्रस्तुत गरेका उक्त विधेयकसहित विविध एजेन्डालाई नगरसभामा छलफलपछि पारित गरिएको हो ।

सभामा नगर उपप्रमुख हेमा न्यौपानेले संशोधित नगर विनियोजन विधेयक र आर्थिक विकास समिति संयोजक दलबहादुर सिञ्जाली, सामाजिक विकास समिति, घनश्याम भट्टराई, पूर्वाधार समिति संयोजक नामदेव खनाल, लेखा समिति संयोजक होमबहादुर थापा, विधायन समिति संयोजक दीपेन्द्र राना, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र समिति ढाकाराम न्यौपाने, वन वातावरण तथा विपद् व्यवस्थापन समिति कृष्णप्रसाद भट्टराई र न्यायिक समिति सदस्य विक्रम पाण्डेले आआफ्ना प्रतिवेदन पेस गरे । पेस भएका विधेयक र प्रतिवेदनमाथि छलफल गरिएको छ।

सभाको सहजीकरण एवं सञ्चालन प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width