सिद्धार्थ राजमार्गको स्याङ्जा खण्ड चौडा बनाउन पहल

भवानी अधिकारी
माघ १२, २०७९
siddrath highway

स्याङ्जा। सिद्धार्थ राजमार्ग चौडा गरिने भएको छ । राजमार्गअन्तर्गत बुटवल गोलपार्कदेखि पोखरा पृथ्वीचोकसम्मको सडक १० मिटर चौडा कायम गर्ने गरी स्तरोन्नति गर्ने प्रस्ताव भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग वैदेशिक सहायता कार्यान्वयन महाशाखाद्वारा पुतलीबजार ११, करेण्डाडाँमा आयोजित सार्वजनिक सुनुवाइमा सोबारे जानकारी गराइएको हो ।

विभागका कन्सल्टेन्ट निरिना खड्गीका अनुसार सिद्धार्थ राजमार्ग (बुटवल—पोखरा) सडक खण्ड २ लेन क्यारिज–वे ७ मिटर र सडकको दायाँबायाँ दुवैतर्फ १ दशमलब ५ वर्म (सोल्डरसहित कालोपत्रे) गरी स्तरोन्नति गरी १० मिटर कायम हुनेछ । विभागले गोलपार्कदेखि पृथ्वीचोकसम्म झण्डै १ सय ६० किमी सडक स्तरोन्नति आयोजनाबारे प्रत्यक्ष प्रभावित पालिकामा वातावरणीय प्रभाव मूल्यांकनबारे सार्वजनिक सुनुवाइ गर्दै आएको छ । बुटवल उपमहानगरपालिकाबाट माघ ६ देखि सुरु सार्वजनिक सुनुवाइ मंगलबार पुतलीबजार आइपुगेको हो । यो राजमार्गअन्तर्गत १ महानगर र १ उपमहानगरपालिकासहित ५ नगरपालिका र ५ गाउँपालिका गरी १२ पालिका प्रत्यक्ष प्रभावित क्षेत्र हुन् । पहाड र तराईका भूभाग समेटिएको यस राजमार्ग बिस्तारमा २ हजार ८ सय ८६ रूख काट्नुपर्ने र २ हजार १ सय १० ब्यक्तिका घर र २ सय वटा संस्थागत संरचनामा क्षति पुग्ने विभागले जनाएको छ ।

यसैगरी, प्रभावित व्यक्तिका लागि मुआब्जा र क्षतिपूर्ति व्यवस्था, भूउपयोगमा परिवर्तन, भूक्षय, माटो पानी, ध्वनि वन विनाश तस्कर, घर टहरामा क्षति, सामाजिक जनजीवनमा प्रभाव, पानीका मुहान, खानी वनस्पति, पुल, खोला लगायतमा सम्भावित असरबारे स्थानीयका गुनासा एवं सुझाव थिए ।

बुटवलको गोलपार्कदेखि पोखराको पृथ्वीचोकसम्मको सडक १० मिटर चौडा कायम गर्ने गरी स्तरोन्नति प्रस्ताव

पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले दीर्घकालीन योजना अनुरुप सय वर्षका लागि हुने गरी सडक विस्तार गर्न सुझाव दिए । प्रभावित ब्यक्तिलाई उचित मूआब्जा र क्षतिपूर्ति सहित सडक निर्माण गर्नुपर्ने उनको जोड छ । उनले भने, ‘खानेपानी, वनजंगल, जीवजन्तु लगायत वातावरणीय प्रभावका मूल्यांकन गर्दै वातावरणमैत्री सडक निर्माण गर्नुपर्छ ।’

कार्यक्रममा नेपाली कांग्रेस नगर सभपाति सुरजकुमार अधिकारी, नेकपा एमालेका सचिवालय सदस्य यादवराज शर्मा, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठ, वन डिभिजन कार्यालय प्रमुख अमरबहादुर पराजुली, वडा १० अध्यक्ष अग्निधर पौडेल, स्थानीयवासी भूमिजंग केसी लगायतले राजमार्ग बिस्तारका आवश्यकता रहेकोमा जोड दिए।

साँघुरो राजमार्गका कारण स्याङ्जाले आर्थिक, सामाजिक एवं औद्योगिक क्षेत्रमा विकास गर्न नसकेकोमा विभागको प्रस्तावले आफूलाई उत्साहित बनाएको सहभागी नीरज शर्माले बताए । भूगोल अनुरुप राजमार्ग चौडा गर्नुपर्ने आजको आवश्यकता रहेको अन्य सहभागीका भनाइ थियो ।

सडक ऐन, २०३१ अनुसार राजमार्गका केन्द्रबिन्दुबाट दायाँबायाँ दुवैतर्फ २५÷२५ मिटर सडक मापदण्ड तोकिएको छ । तर, सिद्धार्थ राजमार्गमा भने फरक फरक मापदण्ड लागु छ ।

Related News

सम्बन्धित समाचार

  • चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । गण्डकी प्रदेशमा बिनाविभागीय २ जना मन्त्रीहरुले मन्त्रालयको जिम्मा पाएका छन् । माओवादीका हरिबहादुर चुमानले आर्थिक मामिला र राजीव…
  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…

hero news full width