लागु औषधसहित पक्राउ

आदर्श समाज सम्वाददाता
माघ ११, २०७९
lagu police

पोखरा । कास्की प्रहरीले लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा २० घर भइ हाल पोखरा १७, शीतलपथ बस्ने २२ वर्षीय सुजन गुरुङ हुन् । जिल्ला प्रहरी कार्यालय र लागु औषध नियन्त्रण ब्युरो पोखराबाट खटिएको प्रहरी टोलीले गुरुङको घरको कोठाबाट माघ १० गते लागु औषध बरामद गरेको हो ।

प्रहरीले डाइजेपाम १ सय, फेनेरागन ९५, नुर्फिन ९५ गरी कुल २ सय ९० एम्पुल लागु औषध बरामद गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।
प्रहरीले जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width