रेन्बो एकेडेमिक होम्सको रजत जयन्ती

आदर्श समाज सम्वाददाता
माघ ११, २०७९
Rainbow (2)

पोखरा । पोखरा १५ कोलपाटनस्थित रेन्बो एकेडेमिक होम्स माविको २५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बुधबार सम्पन्न भएको छ । पोखराका मेयर धनराज आचार्यले पोखरा सभागृहमा आयोजित रजत जयन्ती समारोह उद्घाटन गरे ।
कार्यक्रममा प्रमुख आचार्यले संस्थागत विद्यालयमा गुणस्तरीय पठनपाठन भए पनि त्यस्ता विद्यालयले थुप्रै चुनौतीहरुको सामना गर्नुपरेको बताए । कतिपय कोणबाट यस्ता विद्यालयप्रति हेर्ने दृष्टिकोण नकारात्मक समेत भएको भन्दै उनले निजी विद्यालयका थुप्रै सकारात्मक पक्षलाई बिर्सन नमिल्ने बताए । महानगरभित्रका विद्यालयहरुमा एकरुपता ल्याउने र गुणस्तरीय शिक्षाको वातावरण सिर्जना गर्न काम अगाडि बढाउने तयारी गरिरहेको मेयर आचार्यले बताए ।
विद्यालयका प्राचार्य बाबुराम बरालले गुणस्तरीय शिक्षालाई जोड दिएर विद्यालयले शैक्षिक गतिविधि अगाडि बढाइरहेको जानकारी दिए । खेलकुद, अतिरिक्त क्रियाकलाप र विभिन्न परियोजनागत गतिविधिमा समेत विद्यार्थीलाई संलग्न गराई उनीहरुमा बृहत शैक्षिक चेतको विकास गर्न विद्यालय प्रतिबद्ध रहेको प्राचार्य बरालले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशीलराज पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख नारायणप्रसाद सुवेदी, प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल, विद्यालय व्यवस्थापन समितिका सदस्य धनराज पुरी, पोखरा १५ का अध्यक्ष तोरणबहादुर बानियालगायतले बोलेका थिए ।
कार्यक्रममा २०७६ सालदेखि २०७९ सालसम्मका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार पनि प्रदान गरिएको थियो । विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम, विविध नृत्य र गायन कला पनि प्रस्तुत गरेका थिए । कार्यक्रमस्थलमा विद्यालयका विद्यार्थीहरुले साइन्स प्रदर्शनी पनि आयोजना गरेका थिए । सहप्राचार्य खेमनारायण ढकालले संयोजन गरेको कार्यक्रम सञ्चालन विश्वराज रसाइलीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • स्पोर्टस् अवार्डलाई लगातार सहयोग

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । पोखरा स्पोर्टस् अवार्डको सातौं संस्करणलाई पनि पोखरा रामबजारको पुन परिवारले साथ दिएको छ । सेनानी हेमबहादुर पुनको स्मृतिमा…
  • डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । प्रविधि मैत्री शिक्षक समाज नेपाल गण्डकी प्रदेशले डिजीटल पेडागोजीसम्बन्धी कार्यशाला गरेको छ । शिक्षकका लागि प्रविधिमा पहुँचब पु¥याउन,…
  • दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । दीपशिखा पुस्तकालय र ट्याग परियोजनाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । रिड नेपालअन्तर्गत टेक एज गल्र्स (ट्याग) ट्याग नेपाल…
  • संस्कार समाज नेपालद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । संस्कार समाज नेपालको पाँचौ वार्षिकोत्सव अवसरमा ३ जना व्यक्तिलाई सम्मानित एवं पुरस्कृत गरियो । पोखरामा आयोजित कार्यक्रममा समाजसेवी…
  • प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । वडा प्रहरी कार्यालय बैदामका प्रहरी कर्मचारीलाई प्रभावशाली सञ्चार एवं सेवाग्राहीसँग गर्नुपर्ने व्यवहारसम्बन्धी अभिमुखीकरण भएको छ । वडा प्रहरी…

hero news full width