टाइगर कप भलिबल : महिलातर्फ सेमिफाइनल समीकरण पूरा

आदर्श समाज सम्वाददाता
माघ ११, २०७९
Tiger Cup Fourth Day Photo

पोखरा ।  तेस्रो टाइगर कप भलिबल प्रतियोगितामा बुधबार महिलातर्फ सेमिफाइनल समीकरण पूरा भएको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा जारी महिलातर्फको राउण्ड रोविन लिगका खेल सकिएका छन् । घरेलु टोली गण्डकी प्रदेशसहित सशस्त्र प्रहरी बलको एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब र न्यु डायमण्ड सहभागी प्रतियोगितामा सबै टोली सेमीफाइनल खेल्ने भएका छन् ।

जस अनुसार ३ खेलमा ३ वटै खेल जित्दै अंक तालिकाको शिर्ष स्थानमा रहेको एपिएफले सबै खेल हारेर अन्तिम अथवा चौथों स्थानमा रहेको गण्डकी प्रदेशसँग खेल्नेछ । यस्तै दोस्रो स्थानको त्रिभुवन आर्मीले तेस्रो बनेको न्यु डायमण्डसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ ।

बुधबार भएको महिलातर्फको खेलमा न्यू डायमण्डले घरेलु टोली गण्डकीलाई ३–१ को सेटमा हराउ“दै प्रतियोगितामा पहिलो जित हासिल ग¥यो । पहिलो सेट २५–१९ ले जितेको गण्डकी त्यसपछिका सेटमा २५–१५, २५–१४ र २५–११ को स्कोरमा पराजित बन्यो । उक्त खेलमा न्यु डायमण्डकी बालमिका आचार्य प्लेयर अफ दी म्याच र सोही क्बलकी सलिना बुढा मगर स्पाईकर अफ दी म्याच भईन् ।
महिलातर्फकै अर्को खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३–१ कै सेटमा पराजित गरेको छ । एपीएफले आर्मीलाई २५–१७, २२–२५, २५–१६ र २५–१५ को स्कोरमा हराएको हो । विभागिय डर्बीमा एपिएफ सफल बनेको हो । दुवै टिम अंक तालिका सुधारका लागि खेलको खेलमा एपिएफले जित्दै ९ अंक जोडेको हो । आर्मी भने २ खेल जित्दै ६ अंकका साथ दोस्रो स्थानमा रहँदै न्यु डायमण्डसँगको भेट पक्का गरेको हो । यो खेलमा एपिएफकी निरुता ठगुन्ना प्लेयर अफ दी म्याच र सरस्वती चौधरी स्पाईकर अफ दी म्याच भईन् ।

पुरुषतर्फको पहिलो खेलमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्यो । पोखरा रंगशालाको भलिबल कोर्टमा भएको खेलमा गण्डकीले विभागीय टोली आर्मीमाथि ३–२ सेटको जित निकालेको हो ।
आर्मीले पहिलो सेट जितेको खेलमा त्यसपछि गण्डकीले निखारिएको प्रदर्शन गर्दैै खेलमा फर्किएको थियो । पहिलो सेट गण्डकीले २५–२३ ले गुमाएको थियो । दोस्र्रो सेटमा भने नतिजा उल्टाउ“दै गण्डकीले आर्मीमाथि २५–२३ कै जित निकाल्न सक्यो । तेस्रो सेटमा भने आर्मी गण्डकीमाथि हाबी बन्यो । तेस्रो सेटमा आर्मीले २५–२३ ले जितेपछि गण्डकीले चौंथो सेटमा आर्मीमाथि २५–२२ को जित निकाल्यो । चौंथो सेटसम्म २–२ को बराबरी भएपछि खेल अन्तिम सेटमा पुगेको थियो । उक्त सेटमा गण्डकीले आर्मीमाथि १५–१३ को जित हासिल ग¥यो ।

गण्डकीले योस“गै प्रतियोगितामा ५ अंकका साथ पुरुषतर्फ समूह चरणमा दोस्रो स्थानमा कब्जा जमाएको छ । यसअघि दोस्रो स्थानमा रहेको आर्मी ४ अंकका साथ समूहको तेस्रो स्थानमा झरेको छ । यो खेलमा गण्डकीका घनश्याम चौधरी प्लेयर अफ दी म्याच र रवि केसी स्पाईकर अफ दी म्याच भए ।

पुरुषतर्फको अर्को खेलमा भने नेपाल एपीएफ क्लबले चौंथो जित निकालेको छ । एपीएफले श्रीलंकाको टोली सेन्ट जोशेफ वाज स्पोर्ट्स क्लबलाई हराउ“दै प्रतियोगितामा लगातार चौंथो जित निकालेको हो । ३ वटै सेटमा एपीएफले सेन्ट जोशेफलाई २५–२३ को अन्तरमा हराएको हो । उक्त खेलमा सेन्ट जोशेफका काभिस्का फर्नान्डो प्लेयर अफ दी म्याच र एपिएफका विजय थापा स्पाईकर अफ दी म्याच चुनिए ।
समुह चरणको सबै खेल जितेको एपिएफ १२ अंकका साथ शिर्ष स्थानमा छ । भने, कुनै पनि खेल नजितेको सेन्ट जोशेफ १ अंकका साथ अन्तिममा रहँदा १ खेल जित्दै पुलिस २ अंकका चौथो स्थान ओगट्न सफल बनेको हो । पुरुष तर्फको सेमिफाइनल समिकरण बिहीबार हुनेछ ।

बिहीबार महिलातर्फको पहिलो सेमिफाइनलमा एपिएफ र गण्डकी प्रदेश भिड्नेछन् भने दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र न्यु डायमण्ड फाइनल प्रवेशका लागि खेल्नेछन् । पुरुषतर्फको समुह चरणको खेलमा गण्डकीले सेन्ट जोशेफको समना गर्दा त्रिभुवन आर्मी र नेपाल पुलिससँग खेल्नेछ ।
प्रतियोगिताको महिला–पुरुष दुवैतर्फ विजेता टिमले ५–५ लाख रुपैया“ पुरस्कार पाउने छन् । यस्तै उपविजेतालाई २ लाख ५० हजार, तेस्रो हुने टोलीलाई १ लाख २५ हजार र चौंथो हुने टिमलाई सान्त्वना स्वरुप ६५ हजार रुपैया“ पुरस्कार दिइने छ ।

प्रतियोगितामा खेलका उत्कृष्ट खेलाडीले ५ हजार रुपैया“ नगद र ३ हजार रुपैया“ बराबरको स्वास्थ्य परिक्षण कुपन भौचर प्राप्त गर्ने छन् । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैया“ प्राप्त गर्नेछन् । हरेक विद्याका उत्कृष्ट खेलाडीहरु र प्रशिक्षकलाई १०–१० हजार र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width