गण्डकीमा माओवादी संसदीय दलको प्रमुख सचेतकमा सुशीला सिंखडा

आदर्श समाज सम्वाददाता
माघ ११, २०७९
sushila simkhada

पोखरा । गण्डकी प्रदेश सभामा नेकपा माओवादी केन्द्रका तर्फबाट प्रमुख सचेतकमा गोरखाकी सुशीला सिंखडा चयन भएकी छन् । सोमबार बसेको संसदीय दलको बैठकमा दलका नेता हरिबहादुर चुमानले उक्त निर्णय गरेका हुन् । माओवादीबाट मन्त्री हुनेमा म्याग्दीका रेशमबहादुर जुग्जालीको नाम चयन भएकै दिन प्रमुख सचेतकको पनि निर्णय भएको हो ।

उनी समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभा सदस्य बनेकी हुन् । प्रदेश सभा सदस्यलाई अनुशासनमा राख्ने देखि ह्विप जारी गर्नेसम्मको अधिकार प्रमुख सचेतकमा हुन्छ । प्रमुख सचेतकलाई प्रदेश सभा सचिवालयले चालकसहित गाडी सुविधा उपलब्ध गराउने कानुनी प्रावधान छ ।

Related News

सम्बन्धित समाचार

hero news full width