पदभार ग्रहण गर्दै मन्त्री रोशन गाहा।
पोखरा । गण्डकी प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री रोशन बहादुर गाहाले बुधबार पदभार ग्रहण गरेका छन् ।
उनले पदभार ग्रहण गर्दै मन्त्रालयको कार्यक्षेत्र भित्र पर्ने सम्बन्धित विषयमा कानुन, कार्यविधि, निर्देशिका आदिको पहिचान गरी मस्यौदा तर्जुमा प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । जसअनुसार उनले शान्तिसुरक्षा, प्रहरी प्रशासन, विपद् व्यवस्थापन, कारागार व्यवस्थापन, प्रदेश अनुसन्धान व्यूरो लगायतका कार्य जिम्मेवारीसँग सम्बन्धित विषयमा निर्माण गर्न आवश्यक कानुन, कार्यविधि, निर्देशिका आदिको पहचान गरी मस्यौदा तर्जुमा प्रक्रिया छिटो अगाडि बढाउने पहिलो निर्णय गरेका हुन् । उनको निर्णय भने अमूर्त छ ।
पदभार ग्रहणपछि उनले मन्त्रालय परिसरमा फूलको बिरुवा रोपेका छन् । गण्डकीमा अर्थ मन्त्री बनाउने भनिए पनि उनलाई पछि झुक्याएर गृह मन्त्रालयको जिम्मेवारी दिइएको गुनासो छ ।
पदभार ग्रहण कार्यक्रममा उनले यसबारेमा भने मुख खोलेनन् । नवलपुरबाट निर्वाचित मन्त्री गाहा २०७४ सालमा पनि चुनाव जितेर सांसद बनेका थिए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफू नियुक्त भएको दुई सातापछि मंगलबारमात्र मन्त्रालयको कार्यविभाजनसहित मन्त्रिमण्डललाई पूर्णता दिलाएका हुन् ।
सत्तागठबन्धनअन्तर्गत एमाले ४, माओवादी केन्द्र २ र राप्रपा १ मन्त्री लिने गरी भागबण्डा लगाइएको हो । जसअनुसार पहिलो बरियतामा माओवादी केन्द्रका हरिबहादुर चुमानलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय सुम्पिएको छ ।
यस्तै, एमालेकी सीताकुमारी सुन्दासलाई आर्थिक मामिला, एमालेकै वेदबहादुर गुरुङ कृषि, ऊर्जा तथा जलस्रोत मन्त्री बनेका छन् । माओवादीका रेशमबहादुर जुग्जालीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाए भने राप्रपाका पञ्चराम तमु सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बनेका हुन् ।
उनीहरुलाई सोमबार साँझ नै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री अधिकारीको उपस्थितिमा १६८ (९) बमोजिम कार्यविभाजन गरी पद तथा गोपनीयताको सपथ खुवाएका छन् ।
Related News
सम्बन्धित समाचार
एन्फा कास्की अध्यक्ष उज्ज्वल रञ्जितलाई पितृशोक
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
अनलाइन पत्रकार संघ गण्डकीमा गणेश बराल
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
माइनस डिग्रीमा माछा उत्पादन
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९