प्रभुका हेलिकोप्टर उडानमा रोक, ६ पक्राउ

आदर्श समाज सम्वाददाता
माघ ११, २०७९
waling heli.

पोखरा । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टरको सम्पूर्ण उडानमा रोक लगाएको जनाएको छ । गएको माघ ५ गते बिनाअनुमति स्याङ्जाको वालिङ खेल मैदानमा हेलिकप्टर अवतरण गरेकोमा प्राधिकरणले अर्को निर्णय नआउन्जेलसम्म उडानमा रोक लगाउने निर्णय गरेको हो । यस्तै, उक्त हेलिकप्टरका पाइलटलाई समेत उडानमा रोक लगाइएको छ । प्राधिकरणले घटनाबारे छानबिन समेत गरिरहेको जनाएको छ ।

उक्त दिन वालिङको मालेबगर खेलमैदानमा दिउँसो साढे २ बजेको समयमा हेलिकोप्टर ल्यान्ड गराइएको थियो । हेलिकोप्टरका पाइलट ५० वर्षीय रानेश डंगोल थिए । काठमाडौंको कालीमाटी घर भइ हाल पोखरा निवासी उनी प्रभु हेलिकोप्टर कम्पनीको पोखरामा अपरेसन डाइरक्टर तथा क्याप्टेनरुपमा कार्यरत छन् ।
खेल मैदानबाहिर नै ल्यान्ड गर्न खोजे पनि यात्रुले आयोजकलाई जानकारी गराइसकेको भनेपछि उनले यात्रुको जबर्जस्तीका कारण खेलमैदानमै ल्याण्ड गर्न बाध्य भएको बताएका छन् ।

यात्रुहित कुटपिटमा संलग्न पक्राउ
पाइलटमाथि कुटपिटमा संलग्नसहित यात्रुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेलिकोप्टरमा सवार यात्रु विनोद गैह्रे, उज्ज्वल थापा, सुशील गिरी र खिमबहादुर राना छन् । यसतै आयोजक पक्षतर्फबाट यामबहादुर गुरुङ र सुरेश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए ।

पोखराबाट वालिङका लागि उडान गरी खेलमैदानमै जबर्जस्ती अवतरण गर्न लगाई अभद्र व्यवहार गरेको हुँदा यात्रुलाई समेत प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width