पोखरा । एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा सपथ लिएकै दिन नवलपुरका रोशनबहादुर गाहा थापा पनि मन्त्री बन्ने चर्चा थियो । चर्चा चलिरहँदा सपथ लिने लाइनमा एमालेका तर्फबाट स्याङ्जाकी सीताकुमारी सुन्दास अगाडि आइन् । रोशन भादगाउँले टोपी लगाएर दर्शक दीर्घामा बसे । सरकार निर्माणका लागि प्रदेश सभा सदस्यहरुको हस्ताक्षर संकलन लगायतका काममा उनी निकै खटिएका थिए ।
प्रदेश सभाको अघिल्लो कार्यकालको अनुभव भएका, अघिल्लोपटक पनि मन्त्री हुनबाट छुटेका उनको नाम मन्त्रीका लागि आउनु स्वभाविक पनि थियो । तर त्यसो भएन । उता मुख्यमन् त्रीले विश्वासको मत लिनुभन्दा अगाडि उनै रोशनलाई प्रमुख सचेतक बनाए । रोशनले आफू मन्त्री बन्ने सम्भावना कायमै रहेको बताएका थिए । बीचका केही दिन बित्दासमेत मुख्यमन्त्री अधिकारीले रोशनलाई मन्त्री बनाउनेतिर चासो दिएनन् । रोशनले मुख्यमन्त्रीलाई भेटेरै आफू प्रमुख सचेतकमा नबस्ने, मन्त्रालयको जिम्मा दिन आग्रह गरे । मुख्यमन्त्रीले हुन्छ हुन्न भनेनन् । रोशन मन खुम्च्याएर बसे ।
सोमबार मन्त्रालयको संख्या घटाएर मुख्यमन्त्री अधिकारी काठमाडौं गए । बेलुकै उनी बालकोट पुगेर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटे । मन्त्रीका लागि सम्भावित नाम र मन्त्रालयको जिम्मेवारीको टुंगो उतै लगाए । त्यसपछि मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न पुगे । त्यहाँ मन्त्रालयको भागबन्डाको कुरा थप परिपक्व बनाइयो । बिहान साढे ७ मा पोखरा फर्कने गरी टिकट लिएका मुख्यमन्त्री अधिकारी बालुवाटार पुग्नै समय लागेकाले १० बजे पछिका लागि टिकट सारियो । ११ बजेतिरको जहाजमा उनी पोखरा फर्किए ।
संसदीय दलको बैठक बसेर मन्त्रीमा पठाउने नाम टुंगो लगाइयो । बेलुका ६ बजे पछिका लागि सपथ लिने गरी प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री कार्यालयबाट पत्र पनि पठाइयो । तर त्यतिबेलासम्म रोशन गाहालाई आर्थिक मामिला मन्त्रालयको जिम्मा पाउने भनेर खबर गरिएको थियो । नजिकका साथीभाइलाई पनि उनले अर्थ मन्त्रालयको जिम्मा लिने गरी सपथमा जान लागेको सुनाएका थिए । तर सपथका बेला उनी अचम्म परे । उनलाई त आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्म्ेवारी पो दिइएको रहेछ । त्यतिबेला उनको अनुहारमा मलिनपन देखिए पनि सकेसम्म त्यसलाई लुकाउन खोजे । अनि पार्टीको प्रदेश तहका पदाधिकारी र आफ्ना निकटका व्यक्तिलाई फोन गरेर आफूलाई ‘झुक्याइएको’ खबर सुनाए । मुख्यमन्त्री अधिकारीको यो कदमले पार्टीवृत्तमा ठूलै तरंग ल्याएको छ ।
मुख्यमन्त्री अधिकारीले अर्थ मन्त्रालय आफैले राख्ने चाहेका थिए । प्रदेश सभामा निर्वाचित २२ सांसदमध्ये मुख्यमन्त्रीको सबैभन्दा विश्वासपात्र बेदबहादुर गुरुङपछि सीताकुमारी सुन्दास नै हुन् । गण्डकीको पार्टी राजनीतिमा पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र वर्तमान मुख्यमन्त्री अधिकारीबीचको रस्साकस्सी त्यति धेरै नौलो होइन । पोखरको मेयरमा कृष्णबहादुर थापा पराजीत हुँदा त यसलाई अधिकारी पक्षले पृथ्वीसुब्बा गुरुङसँग जोडेर गतिलै इस्यु बनाइएको थियो ।
अहिले मुख्यमन्त्री अधिकारीको यो कदमलाई पनि त्यही रस्साकस्सीसँग जोडिएको छ । कास्कीबाटै निर्वाचित वेदबहादुर गुरुङलाई मन्त्री बनाएर अरु जिल्लालाई वास्ता नगर्नुलाई मुख्यमन्त्री अधिकारी बढी आफ्नै गुटमा केन्द्रित भएको विश्लेषण गर्न थालिएको छ । एमालेको प्रदेश कमिटीका एक पदाधिकारीले भने, ‘मुख्यमन्त्रीज्यूले घेरा साँघुरो बनाउँदै जानुभयो, यसबाट पर्ने असर भोलि आखिर देखिन्छ ।’
Related News
सम्बन्धित समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
पोखरामा पनि आत्मदाह प्रयास, जलेर २ घाइते
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
hero news full width
मुख्य समाचार
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९