पोखरा । पोखरा महोत्सव करिब १० करोडको कारोबार तथा साढे २ लाख दर्शक अवलोकनसहित सकिएको छ ।
युनाइटेड क्लब आयोजनामा अमरसिंह चौरमा भएको महोत्सवको साढे २ लाख दर्शकले अवलोकन गरेका र महोत्सव अवधिमा करिब १० करोडको कारोबार भएको महोत्सवका अर्थ ब्यवस्थापन समिति संयोजक सूर्यबहादुर बानियाँले बताए । महोत्सव २७ पुसदेखि सुरु भएकोमा निर्धारित समयभन्दा १ दिन बढी थप गरिएको थियो ।
महोत्सव समापन गर्दै सांसद मनबहादुर गुरुङले युनाइटेड क्लबको सिको अन्य संघसंस्थाले पनि गर्नुपर्ने बताए । महोत्सवको आयोजना गरी गण्डकी प्रदेशमा नयाँ पर्यटकीय गन्तव्य चिडियाखाना निर्माणसँगै शिक्षा, स्वास्थ्य, खेलकुद र सेती नदीलाई सहसिक पर्यटकीय गन्तब्य बनाउनतर्फ लागिरहेको र त्यसमा आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने उनको प्रतिबद्धता छ ।
प्रदेश सांसद वेदबहादुर गुरुङले युनाइटेड क्लब आफ्नो उद्देश्यमा अगाडि बढ्दै उद्देश्यलाई पूरा गर्नतर्फ लागिरहेको र त्यसमा आफ्नो सधै साथ र सहयोग रहने बताए ।
मुख्य प्रायोजक बेटर होम एपलायन्सेसका सञ्चालक विनोद रौनियारले महोत्सवमा सहकार्य गर्न पाउँदा निकै खुसी लागेको बताए ।
जिल्ला डिभिजन बन कार्यालय कास्कीका प्रमुख केदार बरालले एउटा क्लबले गरेको सामाजिक काम चानेचुने कुरा नभएको बताउँदै पोखरामा सामुदायिक स्तरको चिडियाखाना निर्माणमा काम गर्ने संस्था युनाइटेड क्लब चिडियाखानाको मातृ संस्था रहेको बताए ।
अमरसिंह माविका प्रअ तेजश्वी बरालले ११ औं पोखरा महोत्सवदेखि अर्चलेमा गरिब तथा जेहेनदार विद्यार्थीलाई लक्षित गरी निर्माण हुने छात्राबास निर्माणको उद्देश्य समेत पूरा हुनेमा आफू विश्वस्त रहेको बताए ।
लेखनाथस्थित पचभैयामा निर्माणाधीन चिडियाखाना अवलोकनका लागि लगभग ८ सय जनाले महोत्सव स्थलबाट निशुल्क बसबाट सेवा लिएको आयोजकले जनाएको छ ।
महोत्सवमा दैनिकरुपमा कलाकारले प्रस्तुति दिएका थिए । अन्तिम दिन सोमबार चोलेन्द्र पौडेल, जीवन दाहाल, तारापति सुवेदी, शंकरविरही गुरुङ, शिवहरि ढुंगाना, तुलसा जिसी, दुर्गा क्षेत्री, कमला सुनार लगायतले लोकदोहोरीमार्फत दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । कन्सर्टमा ¥यापर एएनटीएफबाट चर्चित बनेका ¥यापर माइलाको प्रस्तुति रहेको प्रचार संयोजक दिनेश सुनारले जनाए ।
Related News
सम्बन्धित समाचार
चेम्बर अफ कमर्स गण्डकीले ‘आइडिया बैंक’ स्थापना गर्ने
व्यवसायीलाई जोगाउन पोखरा उद्योग वाणिज्य संघको माग
अब होटल, रेस्टुरेन्टले १० प्रतिशत सेवा शुल्क लिन नपाउने
स्वागतम् सहकारीको प्रथम वार्षिकोत्सव
हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै सुन
hero news full width
मुख्य समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
माघ १६, २०७९उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९