लेखनाथ । लेखनाथ खानेपानी उपभोक्ता संस्थाले मंगलबारबाट एएमएस प्रणाली लागु गरेको छ । संस्थाले मंगलबार एक कार्यक्रमको आयोजना गरी खानेपानी वितरण प्रणालीलाई थप व्यवस्थित बनाउन सम्पत्ति सुव्यवस्थित प्रणाली (एएमएस) लन्च गरेको हो ।
खानेपानी तथा ढल व्यवस्थापन विभागको पहलमा एसियाली विकास बैंकको २ लाख डलरको आर्थिक सहयोगमा संस्थाले सिस्टम प्रयोगमा ल्याएको हो । उक्त सिस्टम अन्तर्गत संस्थाले नोबेल सिस्टमले विकास गरेको जियोभ्युअर मोबाइल एप्लिकेसन प्रयोगमा ल्याउने छ भने उपभोक्ताहरुले खानेपानी संस्थाकै मोबाइल एप्लिकेसन प्रयोगमा ल्याउन सक्ने संस्थाका अध्यक्ष मुरारी शर्माले बताए ।
उक्त प्रणाली लागु भएपछि खानेपानी संस्थाका सम्पूर्ण सम्पत्तिहरु (पाइप, विभिन्न टंकीहरु, च्याम्बर, भल्ब आदि) को अवस्थाहरुको विषयमा रियल टाइम जानकारी प्राप्त हुनुका साथै पाइपमा पानीको बहाव के कति छ, चुहावट छ छैन लगायत विषयमा पनि जानकारी प्राप्त हुने कार्यालय प्रमुख इ.शिवप्रसाद अमात्यले जानकारी दिए ।
उपभोक्ताहरुले पनि अनलाइनमार्फत् विभिन्न गुनासोहरु राख्न सक्ने र गुनासोको सम्बोधन भयो भएन, कति समयमा हुन्छ भन्ने कुरा समेत घरमै बसेर थाहा पाउन सक्ने छन् । यसले उपभोक्ताहरुको समय र पैसाको बचत हुनुका साथै संस्थाप्रतिको विश्वसनीयता समेत बढेर जाने एडिबी नेपालका नगर विकास विज्ञ शिवप्रसाद पौडेलले बताए ।
शुभारम्भ कार्यक्रममा खानेपानी तथा ढल निकास विभागका निर्देशक रमाकान्त दवाडीले संस्थाले प्रशंसनीय र उदाहरणीय काम गरेकोमा बधाई र शुभकामना व्यक्त गर्दै कार्यान्वयनको पक्ष चुनौतीपूर्ण रहेको र यसलाई कार्यालय र उपभोक्तामाझ अभियानको रुपमा लैजानुपर्ने बताए ।
कार्यक्रममा सफ्टवेयरको विषयमा नोबेल सिस्टमका अध्यक्ष माइकल सामुयलले प्रकाश पारेका थिए भने एसियाली विकास बैंकका वरिष्ठ जलस्रोत विज्ञ जियोफ्रे विल्सन सिस्टमका विभिन्न पक्षहरुको विषयमा जानकारी गराए ।
संस्थाका अध्यक्ष मुरारी शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव नारायणी भटृराई (रक्षा) ले गरेकी थिइन् भने उपाध्यक्ष पुष्पकमल ढुंगानाले धन्यवाद ज्ञापन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सस्तोमा इन्टरनेट
पुस १५ पछि कस्ता मोबाइल चल्दैनन् ?
शिलालाई एनसेल अवार्ड
सेन्साईको विश्वकप च्याम्पियन अफर
चालु आवको अन्त्यसम्म राजधानीका तीनवटै जिल्लामा एफटिटिएच सेवा पुर्याइने
hero news full width
मुख्य समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
माघ १६, २०७९उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९