पोखरा, १० माघ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टरको सम्पूर्ण उडानमा रोक लगाएको जनाएको छ । अर्को निर्णय नआउन्जेलसम्म यस्तो रोक कायम हुने प्राधिकरणले बताएको छ । गत माघ ५ गते विना अनुमति स्याङजा जिल्लाको वालिङ खेल मैदानमा हेलिकप्टर अवतरण गरेको भन्दै प्राधिकरणले यस्तो कदम चालेको हो ।
अर्को आदेश नभएसम्मका लागि उक्त हेलिकप्टरका पाइलटलाई समेत उडानमा रोक लगाइएको र प्राधिकारणले घटनाबारे छानबिन समेत गरिरहेको जनाएको छ । अवतरणको क्रममा विवाद हुँदा पाइलट रानेश डंगोलमाथि स्थानीयले कुटपिट समेत गरेको खबर बाहिर आएको थियो । कम्पनीको नियम तथा कार्यविधि विपरित मानिस भेला भएको ठाउँमा हेलिकोप्टर अवतरण गराएको भनाई प्राधिरणको छ । हेलिकप्टरका पाइलटमाथि अभद्र व्यवहार गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले चार जना यात्रु र २ जना कुटपिटमा संलग्नलाई पक्राउ गरेको हो ।
Related News
सम्बन्धित समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
पोखरामा पनि आत्मदाह प्रयास, जलेर २ घाइते
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
hero news full width
मुख्य समाचार
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९