पोखरा । पोखरा रंगशालाको चारैतर्फ बार लगाइएको छ । बार नाघेर भित्र जाने आँट जो कसैले गर्दैनन् । खेलाडी, प्रशिक्षक, विभिन्न खेलका पदाधिकारी मुल गेटबाटै भित्र छिर्छन् । खेलको दौरान दर्शकहरु पनि मुल गेटबाहेक अरु गेटबाट प्रवेश गर्दैनन् । प्रतियोगिताबाहेक अन्य समय खेलाडी प्रशिक्षकबाहेक अन्य मानिस रंगाशान छिर्दैनन् ।
रंगशालाको कम्पाउन्डभित्र करौडौंको संरचना बनेका छन् केही बनिरहेका छन् । त्यसैले मुल गेटमा सुरक्षा गार्डको प्रबन्ध गरिएको छ । हेरचाह गर्ने मानिसहरु पनि छन् । यसबाहेक रंगशालाभित्र कार्यालय भएको खेल संस्थाले छुट्टै सुरक्षा गार्ड राखेको छ । त्यहाँको संरचनामा क्षति नपुगोस् अनि चोरी नहोस् भनेर राखिएका सुरक्षा गार्डको आँखा छलेर ट्वाइलेटको धाराको टुटी चोरी भएको घटना बाहिरिएको छ ।
हामीले चोरी गर्ने मान्छे पहिचान गर्यौं । निगरानीमा राखेका छौं – डिबी नेपाली
पुसमा सहारा क्लबले आयोजना गरेको आहा रारा पोखरा गोल्डकपको दौराना ११ वटा धाराको टुटी हराएको क्लबका अध्यक्ष चित्र पुनले जानकारी दिए । ‘हामीले प्रतियोगिता गर्दा ११ वटा धारा टुटी भेटिएन्,’ उनले भने, ‘प्रतियोगितापछि हामीले हालेर छोडेका हौं ।’ एउटा टुटीको १ हजार ९ सय ५० का दरले हाल्दा २१ हजार ४ सय ५० खर्च भएको उनले बताए । सुरक्षाको घेराभित्र रहेको धाराको टुटी हराउनु सामान्य विषय नरहेको उनको भनाइ थियो । ‘त्यहाँको सुरक्षा गार्डहरुले राम्रोसँग हेरचाह नगरेको हो कि जस्तो लागेको छ,’ उनले भने, ‘गार्ड राख्दा राम्रो मान्छे राख्नुपर्छ ।’
अहिले रंगशालामा तेस्रो टाइगर कप सुरु भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्र नजिकै रहेको ट्वाइलेटमा पनि धाराको टुटी हराएको सहरा क्लबका सदस्य सुदर्शन रञ्जितले जानकारी दिए । प्रदेश सरकारको लगानीमा बनेको शौचालयमा पनि टुटी हराउन सुरु भएको उनको भनाइ थियो । रंगशालामा हुने प्रतियोगितामा केही न केही सामान हराउने हो भने सुरक्षाको चुनौती हुने उनले बताए । यसमा जिल्ला खेलकुल विकास समितिले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिबी नेपालीले धाराको टुटी हराएको स्विकार्दै यसको सुरक्षाका विषयमा काम सुरु भइसकेको जानकारी दिए । ‘धाराको टुटी हराएपछि हामीले त्यो चोरी गर्ने मान्छे पहिचान ग¥यौं । त्यसलाई हामीले निगरानीमा राखेका छौं,’ उनले भने, ‘त्यहींभित्रको मानिसले त्यसो गरेको पाइएकाले सहारा र जिल्ला खेलकुद बसेर अब त्यसो नगर्ने शर्तमा छोडेका छौं ।’ प्रदेश सरकारले बनाएको शौचालयमा पनि सोही व्यक्तिले चोरी गरेको हुनसक्ने उनको आकलन थियो । ‘त्यो ट्वाइलेट नवौं राष्ट्रिय खेलकुद भएपछि खोलेका थिएनौं । टाइगर कपका लागि भनेर खोल्ने बेलामा देखियो अनि त्यहींको मान्छे गरेको हो भन्ने भएको छ,’ उनले भने, ‘त्यहींभित्रका मानिसहरुबाट त्यसो भएको पाइएपछि हेरचाह र सरसफाइ गर्नेहरुलाई जस्तो अवस्थामा थियो त्यस्तै बुझाउन निर्देशन भएको छ । रंगशालाको सुरक्षामा अझै चुस्तदुरस्त रुपमा लाग्ने उनको भनाइ थियो ।
Related News
सम्बन्धित समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
आज सहिद दिवस
गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
hero news full width
मुख्य समाचार
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
माघ १५, २०७९रवि लामिछानेले आज नेपालको नागरिकताका लागि प्रक्रिया अगाडि बढाउने
माघ १५, २०७९