पोखरा। नेपाली कांग्रेसनिकट नेपाल राष्ट्रिय मगर संघको दोस्रो गण्डकी प्रदेश अधिवेशन १४ माघ हुने भएको छ । पटक पटक स्थगित हुँदै आएको अधिवेशनको अर्को मिति १४ माघलाई तोकिएको प्रदेश सभापति पदमबहादुर पुनले जानकारी दिए ।
अधिवेशनको कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री शंकर भण्डारी, गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेलगायतका नेताको पनि उपस्थिति रहनेछ ।
पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने अधिवेशनमा १० जिल्लाका झण्डै ५ सय प्रतिनिधि सहभागी हुने संघ कास्की जिल्ला सभापति महावीर थापाले जानकारी दिए । जसमा प्रत्येक गाउँपालिकाबाट १ महिला र २ पुरुष, नगरपालिकाबाट २ महिला र ३ पुरुष प्रतिनिधि सहभागी हुनेछन् ।
अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व निर्वाचित गर्नेछ ।
Related News
सम्बन्धित समाचार
कांग्रेसमा अन्तरघात गर्नेविरुद्ध उजुरी दिने समय माघ मसान्तसम्म
गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
अनेरास्ववियु बागलुङ अध्यक्षमा जिसी
गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा
hero news full width
मुख्य समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
माघ १६, २०७९उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९