गण्डकीमा माओवादीबाट म्याग्दीका रेशम जुग्जाली मन्त्री बन्ने

आदर्श समाज सम्वाददाता
माघ ९, २०७९
Resham-jugjalui

पोखरा । गण्डकी प्रदेश सरकारमा पार्टीको तर्फबाट म्याग्दीका रेशम जुग्जालीलाई सरकारमा पठाउने भएको छ । पोखरामा सोमबार बसेको संसदीय दलको बैठकले म्याग्दी प्रदेशसभा क्षेत्र ख बाट निर्वाचित रेशमबहादुर जुग्जालीलाई सरकारमा पठाउने निर्णय गरेको हो ।

माओवादीको गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले माओवादी केन्द्र म्याग्दीको जिल्ला संयोजकसमेत रहेका ३९ वर्षे जुग्जालीलाई सरकारमा पठाउने निर्णय भएको बताइन् । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले भने यसबारेमा केही बताउन चाहेनन् ।

माओवादीका तर्फबाट संसदीय दलका नेता चुमान मन्त्री भइसकेका छन् । तर मन्त्रीहरुलाई जिम्मेवारी भने दिइएको छैन । १२ मन्त्रालय रहेको गण्डकीमा घटाएर ७ वटामा झारेपछि माओवादीभित्र असन्तुष्टि बढेको छ ।
उता मन्त्रालय घटाउने निर्णय गरेलगत्तै मुख्यमन्त्री अधिकारी सोमबार दिउँसो काठमाडौं हानिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width