लुम्लेमा सुनगाभा कप तथा स्रष्टा सम्मान गरिने

आदर्श समाज सम्वाददाता
माघ ९, २०७९
annapurna

पोखरा । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ लुम्लेमा सुनगाभा कप तथा प्रवीण गुरुङ सांस्कृतिक साँझ हुने भएको छ । सुनगाभा युवा क्लबको आयोजनामा आउँदो माघ २६ गतेदेखि सुनगाभा कप तथा स्वः प्रवीण गुरुङ स्मृति स्रष्टा सम्मान कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ । लुम्ले गाउँलाई पर्यटकीय गाउँ सँगसँगै खेलकुदबाट पर्यटन भिœयाउन युवाहरुले विभिन्न कार्यक्रम गर्ने भएका छन् ।

सुनगाभा क्लब लुम्लेको चौथो संस्करण फागुन ३ गतेसम्म सञ्चालन हुने वडाध्यक्ष एकदेव देवकोटाले बताए । लुम्ले गाउँमा जन्मिएका गायक प्रवीण गुरुङको सम्झनामा आयोजना हुन लागेको कार्यक्रममा विभिन्न राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने पूर्व वडाध्यक्ष चित्रबहादुर गुरुङले जानकारी दिए । पुरुष भलिबल प्रतियोगितामा राष्ट्रियस्तरका खेलाडी एक टिममा बढीमा २ जना खेलाडीसम्म सहभागी गर्न पाइने प्रतियोगिताका संयोजक अन्तिम गुरुङले जानकारी दिए ।

प्रतियोगितामा ३० टिमको सहभागिता रहने अपेक्षा गरिएको गुरुङले बताए । भलिबलको विजेतालाई ६५ हजार र उपविजेतालाई ४० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ । साथै उत्कृष्ट खेलाडी, स्पाइकर, डिफेन्डर र सेटरलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width