पल्सर स्पोर्टस्अवार्ड फागुन २३ मा, ९ विधामा पुरस्कृत गरिने

आदर्श समाज सम्वाददाता
माघ ९, २०७९
pulsar sports award

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा १९ औं पल्सर स्पोर्ट्स अवार्ड २३ फागुनमा हुने भएको छ । सोमबार मञ्चले काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै अवार्डको मिति घोषणा गरेको हो । २०६० सालदेखि हुँदै आएको अवार्ड कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुनेछ ।

२०७८ सालभर नेपाली खेलकुदमा योगदान पुर्‍याउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई यस अवार्डमार्पmत सम्मान गरिनेछ । सोमबार नै एनएसजेएफ स्पोर्ट्स अवार्डले मुख्य प्रायोजकरूपमा हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकलसँग आगामी ५ वर्षका लागि नवीकरण गरेको छ ।

सम्झौतामा मञ्चतर्पmबाट अध्यक्ष दुर्गानाथ सुबेदी (देवेन्द्र) र मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिका प्रबन्ध निर्देशक अभिमन्यु गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

यसपालि ९ विधामा अवार्ड प्रदान गरिने मञ्च महासचिव प्रज्वल ओलीले जानकारी दिए । वर्ष उत्कृष्ट पुरुष खेलाडी, महिला खेलाडी, युवा खेलाडी, प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्टलाई अवार्ड रहेका छन् । वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस गरी ५ विजेताले बजाज पल्सर मोटरसाइकल पाउने छन् । यस वर्षदेखि युवाको विजेतालाई पनि मोटरसाइकल प्रदान गरिने मञ्चले जनाएको छ । अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर पाउनेछन् ।

मञ्चका सचिव अञ्जन खड्काको संयोजकत्वमा खेलाडी छनोट समितिले आवश्यक तयारी सुरु गरिसकेको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको आदेश उल्लंघन गरी संसद् अधिवेशन आह्वान गरेको भन्दै कांग्रेस र राप्रपाले संसद्…
  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…

hero news full width