मनाङ । यहाँका विकास निर्माण प्रभावित भएका छन् । जाडो याम सुरु भएलगत्तै मानवीय चहलपहल घटेको छ । वर्षा र हिउँदका कारण हरेक आर्थिक वर्षमा एक तिहाइभन्दा बढी समय निर्माण गर्न सकिने अवस्था नरहने पूर्वाधार विकास कार्यालयका प्रमुख जय विष्टले बताउनुभयो ।
उहाँका अनुसार यस अवधिमा निर्माणका लागि यहाँको वातावरण प्रतिकूल रहने र बाँकी समयमा मात्र विकास निर्माणका काम गर्नुपर्ने हुन्छ । विकास निर्माण गर्नुपर्ने भए पनि वर्षाका कारण बेँसीसहर–चामे–मनाङ–खाङ्सार सडक खण्डको अधिकांश स्थानमा माल्यान्ड स्लाइड, रक फल तथा काठे पुल भत्किँदा यातायात अवरुद्ध भई काम गर्ने समयमा समेत निर्माण सामग्रीको ढुवानीमा कठिनाइ हुने गरेको उहाँले बताउनुभयो ।
सामग्री ढुवानीमा कठिनाइ हुँदा कतिपय सालबसाली योजना समयमै सम्पन्न गर्न समस्या हुने र बजेट फ्रिज भएर जाने गरेको विष्टले बताउनुभयो । “चिसोका कारण माथिल्लो मनाङ (ढिकुर पोखरी, पिसाङ, हुम्दे, ङावल, मनाङ, खाङ्गसार) मा यतिबेला तापक्रम एकदमै ऋणात्मकमा डाउनफल हुन्छ, यसले गर्दा सम्पूर्ण विकास निर्माणका काम प्रत्यक्ष प्रभावित भएका छन्, निर्माणका काम पूर्ण रूपमा ठप्प छन्”, प्रमुख विष्टले भन्नुभयो, “थानचोक, स्यालक्यु, १५ तिमाङ, दानाक्यु, बगरछाप, ओडार, ताचै, धारापानी, थोँचे, तिल्चे, नाचै, ताल, घेराङलगायत स्थानमा भने हालसम्म पनि फाटफुट काम भइरहेको छ ।”
हालसम्म यहाँ हिमपात नभएको उहाँले बताउनुभयो । अब यहाँ हिमपात हुने सम्भावना नजिकिँदै गएको देखिएको छ, कम मात्रामा भएका कार्यसमेत अवरुद्ध हुनसक्ने उहाँले बताउनुभयो । यहाँ १२ महिनामा बढीमा चारदेखि पाँच महिना मात्रै निर्माणको काम सहज रूपमा गर्न सकिने उहाँको भनाइ छ ।
यहाँका बासिन्दा जाडो छल्न बेसी झर्नु अनि वसन्तको आगमनसँगै उकालो चढ्नु मनाङवासीको पुरानो रीत नै हो । विशेषगरी माथिल्लो मनाङ (सदरमुकाम चामेभन्दा माथि)का बासिन्दा यतिबेला खुला होटल तथा अन्य घरधनी भेटिन मुस्किल हुने उहाँ बताउनुहुन्छ । यद्यपि तल्लो मनाङ (सदरमुकाम चामेभन्दा ताल) मा भने कम मात्रामा स्थानीयवासी रहेको र यहाँ अहिले पनि निर्माण आंशिक रूपमा भइरहेको बताइएको छ ।
Related News
सम्बन्धित समाचार
हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
योगको वृक्षासनमा पर्वतका विक्रमको विश्व रेकर्ड
माघ २४ र २५ मा ‘पसगाउँ महोत्सव’
सिद्धार्थ राजमार्गको स्याङ्जा खण्ड चौडा बनाउन पहल
तमु सांस्कृतिक प्रतिष्ठानको वार्षिकोत्सवमा सम्मान
hero news full width
मुख्य समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
माघ १६, २०७९उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९