पत्रकार महासंघ गण्डकीले संस्थापक अध्यक्ष त्रिभुवन पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गर्ने

आदर्श समाज सम्वाददाता
माघ ९, २०७९
tribhuban

पोखरा ।  नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आफ्ना संस्थापक अध्यक्ष स्वार्गीय त्रिभुवन पौडेलको स्मिृतिमा अक्षयकोष स्थापना गर्ने भएको छ । सोमबार कार्यबहाक अध्यक्ष सोनी शर्माको अध्यक्षतामा बसेको बैठकले आफ्ना संस्थापक अध्यक्ष स्वार्गीय पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गर्ने निर्णय गरेको पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले जानकारी दिएका हुन् । उनका अनुसार १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने र हरेक बर्ष स्वर्गीय पौडेलको स्मृतिमा ‘संस्थापक अध्यक्ष त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिने छ ।

महासंघ गण्डकीले ५ लाख रुपैयाँ तत्काल कोषमा राख्ने र बाँकी ५ लाख रुपैयाँ प्रदेश अन्तर्गतका जिल्ला शाखा र शुभचिन्तकहरुसंग समन्वय गरे जुटाउने उनले बताए । उक्त कोषबाट ‘त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कार’ हरेक वर्ष प्रदेश भरका पत्रकार मध्यबाट एक पत्रकारलाई (पछि कार्यविधि तय भए अनुसार) प्रदान गरिनेछ । पुरस्कार सम्बन्धि कार्यविधि भने पछि बनाइने महासचिव सुवेदीले बताएका छन् । ‘अहिलेलाई अक्षयकोष स्थापना गर्ने निर्णय भएको छ । यही कोषबाट हरेक वर्ष हाम्रा संस्थापक अध्यक्षको स्मृतिमा प्रदेश स्तरीय पत्रकारिता पुरस्कार प्रदान गरिनेछ । यसको कार्यविधि बनेपछि बनाइने छ’ उनले भने ।

यसैबिच पत्रकार महासंघ गण्डकीले सोमबार नै स्वर्गीय पत्रकार पौडेलको निवासमा पुगेर श्रद्धाञ्जलीसभा गरेको छ । श्रद्धाञ्जली सभामा बोल्दै कार्यबहाक अध्यक्ष सोनी शर्माले गण्डकी प्रदेश मात्र नभई सिंगो पत्रकारिताको क्षेत्रमा संस्थापक अध्यक्ष स्वर्गीय पौडेलको महत्वपूर्ण भूमिका रहेको बताइन् ।

यही माघ १ गते काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना हुँदा त्यसमा सवार ७२ जना सहित पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष रहेका ३७ वर्षे पौडेलको पनि निधन भएको हो ।

स्वर्गीय पौडेल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य र पत्रकार महासंघ गण्डकीको सल्लाहकारका सार्थ त्यसअघि महासंघ कास्कीको उपाध्यक्ष एवं २ कार्यकाल सचिव भएका थिए । राष्ट्रिय स्वाभिमान साप्ताहिकबाट २ दसकभन्दा अघि पत्रकारिता सुरु गरेका पौडेलले पोखरा हटलाइन दैनिक, रेडियो अन्नपूर्ण र नेपाल टेलिभिजनमा आवद्ध भई पत्रकारिता गरे । पछिल्लो समय उनी पोखरा हटलाइन दैनिकको प्रकाशक/ सम्पादक थिए

Related News

सम्बन्धित समाचार

hero news full width