पोखरा । गण्डकीसहित सबै प्रदेशमा नयाँ सरकार बनेको छ । अघिल्लो सरकार फरक गठबन्धनको थियो । त्यतिबेला गठबन्धनमा सहभागी माओवादी केन्द्र अहिले पनि सरकारमा छ । तर एक्लै चुनाव लडेको एमालेसँग अहिले माओवादी मिलेको छ ।
उसो त केन्द्रमा पनि एमालेको सहयोगमा माओवादीका पुष्पकमल दाहाल प्रचन्ड प्रधानमन्त्री भएका छन् । नयाँ सरकार आएपछि अघिल्लो सरकारले ल्याएको बजेटका बारेमा के होला भन्ने सर्वत्र चासो छ । केन्द्रमा सरकारले पुरक बजेट नल्याउने अर्थमन्त्री विष्णु पौडेलले बताइसकेका छन् ।
यता गण्डकी प्रदेशमा पनि नयाँ सरकारले पुरक बजेट नल्याउने संकेत देखिएको छ । मुख्यमन्त्री खगराज अधिकारीले अहिले सरकारले पुरक बजेटका बारेमा केही सोच नबनाएको बताए । उनले भने, ‘ अहिले हामीले त्यहाँसम्म सोचेका छैनौं । बजेटको अवस्था के छ, खर्चको अवस्था के छ, काम कहाँ पुगेको छ, समयमै सकिन्छ कि सकिँदैन भनेर मन्त्रालयहरुलाई सोधेर पठाएका छौं । तिनीहरुको अवस्था आइसकेकपछि मात्र हामी टुंगोमा पुग्छौं । सेन्टिमेन्टल र इमोसनमा आएर हामीले सस्तो लोकप्रियताका लागि कुनै काम गर्दैनौं ।’
बहुवर्षे, क्रमागत र चालु हालतमा रहेका योजनाहरु सम्पन्न गर्ने भन्दै उनले त्यसवाहेक नवप्रवर्तन खालका योजना ल्याउने तयारीमा सरकार रहेको सुनाए । उनले रुग्ण, आर्थिक भार बढी पार्ने र वित्तीय अनुशासन बाहिरका योजनाहरु भए त्यसमा पुनर्विचार गर्ने बताए ।
मुख्यमन्त्री अधिकारीकै जोडबल अनुसार मन्त्रालयको संख्या घटाइएको छ । झ्याल झ्यालमा प्रदेश सरकारका मन्त्रालय भए, खर्च बढ्यो भन्ने गुनासो कम गर्न र जनमुखी काम गर्नका लागि मन्त्रालय घटाइएको उनले बताएका छन् ।
Related News
सम्बन्धित समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
पोखरामा पनि आत्मदाह प्रयास, जलेर २ घाइते
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
hero news full width
मुख्य समाचार
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९