फाइल तस्बिर
पोखरा । गण्डकी प्रदेशमा ७ वटा मन्त्रालय राख्ने निर्णय भएको छ । आज सोमबार बिहान साढे ९ बजे बसेको मन्त्रिपरिषद् बैठकले ७ वटा मन्त्रालय र ती मन्त्रालयको कार्यक्षेत्रका बारेमा समेत टुंगो लगाएको एक मन्त्रीले बताए । मन्त्रालयको नाम र क्षेत्रका बारेमा भने उनले खुलाउन चाहेनन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सभा सदस्यको १० प्रतिशत मात्र मन्त्री बनाउने गरी सोच बनाएकाले त्यसै अनुसार काम भएको छ ।
हिजो आइतबार साँझ र आज सोमबार बिहान मुख्यमन्त्री निवासमा बसेको सत्ता गठबन्धनमा आबद्ध ३ दलको बैठकले संख्या टुंगो लगाएपछि मन्त्रिपरिषदको बैठकले निर्णय गरेको हो ।
अब पार्टीहरुबाट मन्त्री हुनेको नाम टुंगो लगाएर मन्त्रालयको जिम्मेवारी दिइने छ । आज साँझ या भोलि बिहानसम्म सरकारलाई पूर्णता दिनेगरी मुख्यमन्त्री खगराज अधिकारीले तयारी गरिरहेका छन् ।
६० सदस्यीय प्रदेश सभा रहेकोमा त्यसको २० प्रतिशतसम्म मन्त्री बनाउन पाइने प्रावधान छ । गण्डकीमा यसअघि १२ मन्त्रालय थिए । सुरुमा ७ मन्त्रालय रहेकामा तत्कालीन सत्ता गठबन्धनमा खटपट सुरु भएपछि पृथ्वीसुब्बा गुरुङले ११ मन्त्रालय राख्ने गरी निर्णय गरेका थिए । एकजना मन्त्री थप्न भ्याए पनि गुरुङले ११ मन्त्री भने बनाउन पाएनन् । जसको सुविधा कृष्णचन्द्र नेपाली पोखरेलले लिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
पोखरामा पनि आत्मदाह प्रयास, जलेर २ घाइते
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
hero news full width
मुख्य समाचार
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९