पोखरा । प्रथम हिमालयन ब्रुअरी तथा बाह्रौं बगर भाइ खलक एट ‘ए’ साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता’को उपाधि ठमेल ११ भेट्रानले जितेको छ । बगर भाइ खलकको आयोजनामा सञ्चालित प्रतियोगिताअन्तर्गत आइतबार भएको फाइनलको उपाधि भिडन्तमा पोखराको दीप युनाइटेडलाई पेनाल्टी सुट आउट २–१ गोलले पराजित गर्दै ठमेलले उपाधि जितेको हो । उपाधिसँगै भेट्रान ११ ठमेलले नगद २ लाख प्राप्त गरेको छ भने उपविजेता रहेको दीप युनाइटेडले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
खेलको निर्धारित समयमा दुबै टिमबाट गोल गर्न नसक्दा खेल पेनाल्टी सुट आउटमा पुगेको थियो । ठमेलका लागि नितिन गुरुङ र टासी छिरिङले गोल गरे । यता दीपका लागि अन्तिम गुरुङले गोल गरे पनि अर्जुनकुमार गुरुङ र गंगाबहादुर गुरुङको पेनाल्टी प्रहार बाहिरिएको थियो । खेलमा ठमेलका किपर सञ्जीव खड्गी म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको उपाधि दीप युनाइटेडका प्रवीन कुमार भए । उनले ट्रफीका साथमा नगद १५ हजार हात पारे । त्यसैगरी वेस्ट किपरमा ठमेलका सञ्जीव खड्गी, बेस्ट डिफेन्डरमा ठमेलका टासी छिरिङ, बेस्ट मिडफिल्डरमा दीपका अन्तिम गुरुङ, बेस्ट स्ट्राइकरमा ठमेलका सागर थापा, बेस्ट कोचमा ठमेलकै प्रदीप श्रेष्ठ घोषित भए । उनीहरुले जनही ५ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरे । गत माघ ३ गतेबाट सुरु भएको प्रतियोगितामा भारत देहरादुनको एक टिमसहित कुल २४ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा बिजेता टिम तथा खेलाडीलाई प्रदेश खेलकुद परिषद्का सदस्य सचिव घनश्याम पौडेल, तमु धिं युकेका अध्यक्ष हरि गुरुङ, प्रदेश खेलकुदका निवर्तमान सदस्य सचिव तेजबहादुर गुरुङ, एआरएनए आइसिसी महिला सचिव राधिका टीका गुरुङ, सहारा युकेका संस्थापक सल्लाहकार महेश गुरुङ, सल्लाहकार लोकबहादुर गुरुङ, सहारा युकेका मञ्जु गुरुङ राईलगायतले ट्रफी, मेडल, प्रमाणपत्र वितरण गरेका थिए ।
Related News
सम्बन्धित समाचार
क्युपेकमा सेभन ए साइड फुटबल प्रतियोगिता
गण्डकी प्रदेश र एपिएफ टाइगर कप च्याम्पियन
टाइगरकप भलिबल : घरेलु टोली गण्डकी र एपिएफ उपाधिका लागि भिड्ने
सहारा एकेडेमीलाई सहयोग
टाइगर कप भलिबल : महिलातर्फ एपिएफ र आर्मी उपाधि नजिक, पुरुषको सेमि समीकरण पूरा
hero news full width
मुख्य समाचार
आयोगले तोक्यो राष्ट्रपति निर्वाचन मिति, फागुन २५ मा चुनाव
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
माघ १६, २०७९आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
माघ १६, २०७९उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९