पोखरा . कृषि विकास बैंकको ५६ औं वार्षिक उत्सवको अवसरमा भएको रक्तदानमा ८० युनिट रगत संकलन भएको छ । रक्तदानलाई नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र क्षेत्रीय कार्यालय पोखराले प्राविधिक सहयोग गरेको थियो ।
रक्तदान कृषि विकास बैंक गण्डकी प्रदेश पोखराका निर्देशक प्रकाश कँणेल शुभारम्भ गरे । उनले बैंकका क्रियाशील युनियनहरुले बैंकको व्यवसाय अलावा सामाजिक उत्तरदायित्व बोध गरी यस्ता किसिमका रचनात्मक कार्यक्रम गर्दा समाजमा सकारात्मक प्रभाव पर्ने धारणा राखे ।
कृषि विकास बैंक कर्मचारी संघ केन्द्रीय सल्लाहकार महेश पौडेलले संघले आयोजना गरेका यस किसिमको कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।
कृषि विकास बैंक कर्मचारी संघ नेपाल गण्डकी प्रदेशका संयोजक सन्तोष थापाको अध्यक्षतामा भएका कार्यक्रममा गण्डकी प्रदेशका संयोजक भेषराज घिमिरे, मुख्य शाखा प्रबन्धक संमृद्धि कार्की, नेपाल वित्तीय संस्था कर्मचारी संघ गण्डकी प्रदेशका अध्यक्ष बद्रीनारायण पौडेल, कृषि विकास बैंक कर्मचारी संगठन गण्डकी प्रदेश अध्यक्ष शालिकराम पौडेल, नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखराका सचिव सूर्य पौडेल, पूर्व केन्द्रिय सल्लाहकार टेकराज तिमिल्सिना, पोखरा जेसिजका अध्यक्ष मीनराज खड्का लगायतले बोलेका थिए । संघका सहसंयोजक सुमन सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
चेम्बर अफ कमर्स गण्डकीले ‘आइडिया बैंक’ स्थापना गर्ने
व्यवसायीलाई जोगाउन पोखरा उद्योग वाणिज्य संघको माग
अब होटल, रेस्टुरेन्टले १० प्रतिशत सेवा शुल्क लिन नपाउने
स्वागतम् सहकारीको प्रथम वार्षिकोत्सव
हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै सुन
hero news full width
मुख्य समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
माघ १६, २०७९उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९