पोखरा । एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) गण्डकीको अध्यक्षमा डा. गिरधारि शर्मा चयन भएका छन् । शनिबार पोखरामा भएको संस्थाको दोस्रो अधिवेशनले सहारा अस्पतालका सञ्चालक शर्मालाई अध्यक्ष्मा चयन गरेको हो । उपाध्यक्षमा चरक मेमोरियल हस्पिटलका कपिल पोखरेल, सचिवमा बिजी हस्पिटलका ऋषि खतिवडा र कोषाध्क्षमा कास्की मोडेल हस्पिटलका सूर्य पोखरेल छन् । सदस्यमा आमाबा हस्पिटलका डा. सन्दीप गोरखाली, फेवासिटी हस्पिटलकी डा. चन्डिका पन्डित, लमजुङ मोडेल हस्पिटलकी कल्पना पौडेल, वालिङ हस्पिटलका शोभाकान्त पौडेल र एपोलो हस्पिटलका चूडामणि दाहाल छन् ।
समितिका आमन्त्रित सदस्यमा नमस्ते हस्पिटलका डा. केशव शर्मा, ग्यालेक्सी हस्पिटलका दिपेन थापा, फेवासिटी हस्पिटलका दिनेशबाबु खड्का र कास्की सेवा हस्पिटलका ऋषिराम सापकोटा छन् ।
कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखरालाई स्वास्थ्य पर्यटनको हब बनाउने गरी काम गर्नुपर्ने बताए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै भारत र चीनका समेत धेरै नागरिकलाई पोखरामा स्वास्थ्य उपचारका लागि आउने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।
मुख्यमन्त्री अधिकारीले भने, ‘निजी क्षेत्र, सरकार र सहकारी क्षेत्र मिलेर गण्डकी प्रदेशको राजधानीलाई स्वास्थ्य पर्यटनको हब बनाउने गरी काम गरौ, त्यसका लागि गण्डकी प्रदेश सरकार समन्वय गर्न तयार छ ।’ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डुकबहादुर क्षेत्री, अफिन केन्द्रका अध्यक्ष डा. पदमबहादुर खड्का, सम्मानित व्यक्तित्व डा. कालु शर्मा लगायतले कार्यक्रममा बोलेका थिए ।
स्वास्थ्य क्षेत्रमा लामो समय सेवारत स्वास्थकर्मीलाई समारोहमा दीर्घसेवा सम्मान गरिएको थियो । डा. कालु शर्मा, नर्स सरीता गुरुङ, फार्मेसिस्ट श्रीराम पराजुली, हरिबहादुर केसी, रेडियोलोजी क्षेत्रमा सेवारत शारदाप्रसाद न्यौपाने र अफिनका संस्थापक अध्यक्ष अशोक पालिखेलाई सम्मान गरिएको हो ।
Related News
सम्बन्धित समाचार
पोखराको डल्फिन सहकारीका म्यानेजर खाती झुण्डिएको अवस्थामा भेटिए
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
आज सहिद दिवस
सुपर भ्वाइस अफ त्रिवेणी बने किशोर
hero news full width
मुख्य समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९