पोखरा । गण्डकी विश्वविद्यालयले प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता –२०७९ गर्ने भएको छ । विश्वविद्यालयले आइतबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार सोमबार माघ ९ गतेदेखि १३ गतेसम्म हुने उक्त प्रतियोगितामा गण्डकी प्रदेशका १२ वटा माध्यमिक विद्यालयले सहभागिता जनाउने भएका छन् । प्रतियोगिताका संयोजक डा. मधुसुदन सुवेदीले भने, ‘हामीले ५ गतेसम्म दर्ता मिति राखेर प्रदेशका सबै माध्यमिक विद्यालयलाई जानकारी गराएका थियौैं, १२ वटा विद्यालयले नाम दर्ता गराउनुभएको छ,’ उनले भने, पहिलो पटक भएर होला अपेक्षा गरेअनुसारको टिम आउन सकेन ।’
प्रतियोगिताले खेलकुद क्षेत्रसँग सम्बन्धित उच्चस्तरीय जनशक्ति उत्पादन गर्ने क्रममा सञ्चालित स्नातक तहको डिग्री कार्यक्रमको समग्र विकास र उत्थानमा समेत टेवा पुग्ने अपेक्षा गरिएको खेलकुद व्यवस्थापन संकायको संयोजक सुवेदीले बताए ।
प्रतियोगिताका सम्पूर्ण खेलहरू नकआउट चरणमा हुनेछन् । माघ ९ गतेबाट सुरु हुने प्रतियोगिताका सेमिफाइनलको खेल माघ १२ गते र फाइनल खेल माघ १३ गते हुने आयोजकले जनाएको छ । पहिलो खेल र फाइनल खेल पोखरा रंगशालाभित्रको गाउण्डमा हुनेछ भने बाँकी खेल पोखरा रंगशाला बाहिरको गाउण्डमा हुनेछ । ‘सिमित स्रोत र साधनले गर्दा प्रतियोगिताको बाँकी खेल मुख्य गाउण्ड बाहिर गरेका हौं,’ सुवेदीले भने ।
उक्त प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफि र मेडल प्राप्त गर्ने प्रतियोगिता संयोजक सुवेदीले बताए । प्लेयर अफ द टुर्नामेन्टलाई ट्रफिसहित १० हजारको व्यवस्था गरिएको छ ।
यो विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना गरेको विश्वविद्यालय हो । विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुका साथसाथै विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ ।
यो विश्वविद्यालय स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठन पाठन सुरु गरेको नेपालकै पहिलो र एकमात्र विश्वविद्यालय हो । विश्वविद्यालयले खेलकुद क्षेत्रको समग्र विकासलाई विशेष प्राथमिकता दिरहेको संयोजक मधुसुदन सुवेदीले बताए ।
समग्र खेलकुदको विकास, सम्बद्र्धन, प्रबद्र्धन र खेलकुदप्रतिको आकर्षण अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पु¥याउने उद्देश्यले विश्वविद्यालयले उक्त प्रतियोगिता आयोजना गरेको विश्वविद्यालयको रजिस्ट्रार डा. कैलाश तिमिल्सिनाले बताए । यस वर्षदेखि कुलपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन गरेका छौं, यो प्रतियोगिता हरेक वर्ष सञ्चालन हुन्छ,’ उनले भने, ‘यसले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्नेछ ।’
२०७७ सालमा स्थापना भएको यस विश्वविद्यालयमा अहिले ५ संकायका विषयमा पठनपाठन हुँदै आएको छ । नेपालमै पहिलो पटक खेलकुद व्यवस्थापन संकायको पढाई थालेको यस विश्वविद्यालयमा नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाही, नेपाली महिला क्रिकेट टिमकी खेलाडी डली भट्टलगायत अध्ययनतर छन् ।
Related News
सम्बन्धित समाचार
क्युपेकमा सेभन ए साइड फुटबल प्रतियोगिता
गण्डकी प्रदेश र एपिएफ टाइगर कप च्याम्पियन
टाइगरकप भलिबल : घरेलु टोली गण्डकी र एपिएफ उपाधिका लागि भिड्ने
सहारा एकेडेमीलाई सहयोग
टाइगर कप भलिबल : महिलातर्फ एपिएफ र आर्मी उपाधि नजिक, पुरुषको सेमि समीकरण पूरा
hero news full width
मुख्य समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
माघ १६, २०७९उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९