पोखरा । लामो समयको संवाद र छलफलपछि अन्ततः गण्डकीमा ७ वटै मन्त्रालय राखिने भएको छ । मुख्यमन्त्री खगराज अधिकारीले केन्द्रको निर्देशन अनुसार ७ मन्त्रालय बनाउने र मंगलबारसम्ममा मन्त्री परिषद् विस्तारको तयारी गरेका छन् । ‘सकेसम्म घटाऊ भनेर निर्देशन आएपछि पहिलेकै अवस्थामा पु¥याउन लागिएको हो,’ सरकारको प्रवक्ता समेत रहेकी विना विभागीय मन्त्री सीता सुन्दासले भनिन्, सोमबार बिहान फेरि गठबन्धनका पार्टीसँग बसेर टुंगोमा पुगिन्छ ।
आइतबार अबेरसम्म मुख्यमन्त्री निवासमा सरकार विस्तार र मन्त्रालयको संख्याका बारेमा गठबन्धनमा आबद्ध दलबीच छलफल भएको छ ।
मन्त्रालयको संख्या लगायत विषय टुंग्याउन गठित कार्यदलले मुख्यमन्त्रीलाई विकल्पसहितको प्रतिवेदन बुझाएको छ । ७, ८ ९ वटा मन्त्रालय राख्न सकिने गरी कार्य विभाजनका लागि ५ वटा विकल्प पनि कार्यदलले दिएको छ ।
‘मन्त्रालयको संख्याका बारेमा अन्तिम निर्णय क्याबिनेटले गर्ने हो, ७ मन्त्रालय बनाउन निर्देशन आएपछि सोही अनुसार गर्न एक्सरसाइज भइरहेको छ, सम्भवत सोमबार बेलुकासम्म कार्यभारसहित थप मन्त्रीको सपथ हुन्छ,’ मन्त्री पञ्चराम गुरुङले भने । मुख्यमन्त्री अधिकारीले शुक्रबार विज्ञहरुसँग मन्त्रालयको संख्याका विषयमा सुझाव लिएका थिए । मन्त्रालयको संख्या र मन्त्री परिषद् विस्तार गर्न सत्तारुढ दलहरुसँग संयुक्त बैठक भने नभएको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले बताए ।
Related News
सम्बन्धित समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
पोखरामा पनि आत्मदाह प्रयास, जलेर २ घाइते
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
hero news full width
मुख्य समाचार
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९