पोखरा । निवृत्त शिक्षक समुदाय कास्कीको रजत जयन्तीको सन्दर्भ पारेर शनिबार माध्यमिक विद्यालय तहस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ ।
प्रतियोगितामा छोरेपाटन माविकी गायत्री गौतम प्रथम, महेश्वरी मावि पुम्दीकी आकांक्षा बराल द्वितीय, महेन्द्र माबि नयाँबजारका विशाल खड्का तृतीय भए । कालिका मावि रामबजारकी वासना सुवेदी, संस्कृत मावि बगरका सौरव पौडेल, अमरसिंह माविकी सदीक्षा पौडेलले सान्त्वना स्थान हासिल गरेका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीले क्रमशः १० हजार, ७ हजार, ३ हजार र १ हजार प्राप्त गरे । प्रतियोगिता निर्याणक समिति संयोजक नारायण परिश्रमी र सदस्यहरु रामराज रेग्मी र भुवनेश्वर शर्मा रहेका थिए । प्रतिस्पर्धामा १८ विद्यालयको सहभागिता थियो ।
संस्थाका अध्यक्ष छबिलाल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार रामराज रेग्मी, क्षेत्रबहादुर कुँवर, दामोदर पराजुली, उपाध्यक्ष नरबहादुर गुरुङ र शिक्षक वामदेव पौडेलले बोलेका थिए । नवप्रभाव मावि नयाँबजारमा भएको कार्यक्रम सचिव शेषकान्त आचार्यले सञ्चालन गरेका थिए । निवृत्त शिक्षक समुदायको रजत जयन्ती समारोह माघ २८ हुने भएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरा वडा १२ मा पाठेघर र स्तन क्यान्सर परीक्षण
सहारा एकेडेमीलाई सहयोग
रेन्बो एकेडेमिक होम्सको रजत जयन्ती
पोखरा महोत्सव समापन, १० करोड करोबार, साढे २ लाख दर्शक
उपन्यायाधिवक्ता गिरी सेवा निवृत्त
hero news full width
मुख्य समाचार
आयोगले तोक्यो राष्ट्रपति निर्वाचन मिति, फागुन २५ मा चुनाव
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
माघ १६, २०७९आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
माघ १६, २०७९उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९